२०८१ वैशाख १२ गते | 24th of April 2024

कोरोना महामारीमा सजग रहन प्रवासी मन्चको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १० गते २०:०४

अमेरिका – डरलाग्दो रुपमा संसारभर फैलिएको कोरोना भाईरसको महामारीमा सजग रहन नेपाली समुदायमाझ प्रवासी नेपाली मन्च, अमेरिकाले अपिल गरेको छ ।

मन्चका अध्यक्ष प्रभु थापाद्वारा प्रेषित वक्तव्य :

प्रेस विज्ञप्ति

सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु,

अभिवादन!

 

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरससंक्रमणको कारण त्रासको अवस्था सिर्जना भएको सामान्य रुघा खोकी लाग्दा पनि कोरोना नै हो कि भन्ने डरमानिसमा देखिएको छ। कोरोना भाइरसको संक्रमणकाकेही विशेष लक्षणहरु छन्ः ज्वरो आउनु थकान महसुसहुनु, लगातार खोकी लाग्नु, स्वास प्रस्वासमा समस्या हुनुहुन।

 

यी लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिने घरमैबस्नु पर्ने स्वास्थ्यकर्मीले बताएका छन् विशेष गरीलगातार खोकी लाग्ने उच्च ज्वरो आएमा सतर्कताअपनाउनु पर्ने हुन्छ। 

 

विश्वभर अहिलेसम्म कोरोना भाइरसकोसंक्रमणबाट ९,११५ भन्दा धेरै मानिसको मृत्यु भएको भने २ लाख भन्दा धेरै संक्रमित छन्। यसबाट सुरक्षित रहनुभनेको अहिलेको अवस्थामा सजग सतर्क रहनु नै हो रुघाखोकी, ज्वरो लागेको व्यक्तिको सोझो सम्पर्कमानरहने, भिडभाडमा सावधानी अपनाउने, सावुन र तातोपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने नै हो।

 

यतिखेर चाहे अमेरिकामा होस् चाहे नेपालमा अन्य कुनैमुलुकमा त्यहाँको सरकारको आलोचना गर्ने भन्दा पनिसरकारको निर्देशनको पालना स्वयं सचेत सतर्क रहनुनै यसको समाधान हो। हामी सवैलाई सतर्कता अपनाउनुहुन् अनुरोध गर्दछौ र अमेरिकामा रहेको नेपाली समुदायको लागि आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहन हुन् ओएनयूएफ का सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दछु साथै बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ र मृतकहरुमा हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ।

प्रभु थापा

अध्यक्ष 

प्रवासी नेपाली एकता मंच, अमेरिका  

Leave a Reply

Your email address will not be published. Required fields are marked *