२०८१ वैशाख १५ गते | 27th of April 2024

कोरोनाका कारण न्युयोर्कमा एक नेपालीको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ११ गते १६:३७

न्यूयोर्क – संसारभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट हजारौँ मानिसलाई असर गरेको यो दुखद घडीसँगै अमेरिकाको न्युयोर्कमा बसोबास गर्दे आएका ५० वर्षीय नेपाली अनिल लिम्बुको पनि कोरोना भाइरसका कारण सोमबार राती मृत्यु भएको छ । नेपालमा पाँचथरको रानीगाउँ घर भएका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । सोमबार राती नै स्थानीय उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि उनमा डायबिटिज र प्रेसरको समस्या रहेको थियो । दुई छोरा छोरी र श्रीमतीका साथ न्युयोर्कमा बस्दै आएका अनिल लिम्बुले उबर चलाउँदै आएका थिए । उनी विभिन्न सामाजिक संस्थाहरुसंग आबद्ध पनि थिए ।

स्रोत : नेपालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *