२०८१ वैशाख ७ गते | 19th of April 2024

नर्थ क्यारोलाइनामा सेन्सस २०२० इन्फर्मेसन डेस्क गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ११ गते १८:२८

मोरिस्भिल –  जनगणना २०२० अभियानलाई सफल बनाउने सम्बन्धमा छलफल गर्न आज नर्थ क्यरोलाइनामा सेवारत केहि सामाजिक संस्थाहरुका प्रतिनिधिहरुका बिचमा कन्फरेन्स कल मिटिंग सम्पन्न भयो । सो छलफलले यस क्षेत्रका नेपाली समुदायलाई जनगणना २०२० सम्बन्धी कुनै सहयोग सल्लाह चाहिए तत्काल उपलब्ध गरिदिने उद्धेश्यले छलफलमा सहभागी संस्थाहरुको एउटै संयुक्त इन्फर्मेसन डेस्क गठन गर्ने र सो को नाम “सेन्सस २०२० इन्फर्मेसन डेस्क” राख्ने निर्णय गरेको छ ।

अमेरिकी जनगणना २०२० अभियानलाई सफल बनाउन यस क्षेत्रका नेपाली समुदायलाई जनगणना २०२० सम्बन्धी कुनै सहयोग सल्लाह चाहिए तत्काल उपलब्ध गराइदिने उद्धेश्यले गठित “सेन्सस इन्फर्मेसन डेस्क २०२०” मा नेपलिज एसोसियसन अफ साउथइस्ट अमेरिका (नासा) का सेन्सस कमिटिका अध्यक्ष सुमन वस्ती. नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी )का तर्फ़बाट संस्थाका उपाध्यक्ष कमल काफ्ले र गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गतको नर्थ क्यारोलाइना च्याप्टर (एन आर एन नर्थ क्यारोलाइना च्याप्टर ) का तर्फबाट च्याप्टरका अध्यक्ष कुलानन्द शर्मा ले प्रतिनिधित्व गर्ने र आबश्यकता अनुसार आपसी समझदारीमा यो समितिलाई बिस्तार समेत गर्न सकिने निर्णय गर्नुका साथै बैठकले सेन्सस फारम भर्दा “ओरिजिन” मा “नेपाली” उल्लेख गर्न सबै नेपाली दाजुभाई दिदि बहिनीहरुलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।IMG_0256

अमेरिकी जनगणना २०२० सम्बन्धी कुनै प्रश्न भएमा इमेल ठेगाना: [email protected] मा इमेल गरि वा निम्न उल्लेखित व्यक्तिहरुलाई फोन मार्फत सोझै सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

१. सुमन वस्ती : ७७३-३८६-४००६
२. कमल काफ्ले: ९१९-३४८-०७१२
३. कुलानन्द शर्मा: ९१९-२७२-०३२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *