२०८१ वैशाख १२ गते | 24th of April 2024

वृद्धाश्रममा उपचार नपाएर सबैको कोरोनाबाट मृत्यु, सामूहिक लास जलाउँदै स्पेनी सेना

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १३ गते ३:२३

भोला लामिछाने – कोरोना भाईरसले स्पेनवासी हरूलाई निकै गाजीरहेको अवस्थामा स्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले बृद्धाश्रममा राखिएका बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएकाे डरलाग्दो खुलासा गरेकी छिन् ।

आपतकाल लगाएर सेना उतारेको स्पेनमा कुन ठाउको बृद्दाश्रम हो केही खुलाईएको छैन । सरकारले भाईरस लागेका विवरणहरू गोप्य राख्ने गरेको र हामीले फोटो लगायत ब्याक्ती हरूको डिटेल्स सार्वजनिक गरेका छैनौ यो गर्न निषेध गरिएको छ हस्पिटलका अधीकारीहरूले बताएका छन् ।

मार्चको पहिलो साता स्पेनको एउटा बृद्धाश्रममा १४ जनाको सामूहिक लास भेटिएको थियो। कोरोनाको महामारी फैलिन थालेपछि आश्रमका कर्मचारी बूढाबूढीलाई त्यत्तिकै छोडेर भागेका थिए । अहिले सेनाले लास जम्मा गरेर जलाइरहेको छ। राम्रोसँग सरसफाई नभएका यी आश्रमका संचालक र कर्मचारीलाई कानूनी दायरामा ल्याएर कारवाही समेत गरिने रक्षा मन्त्रीको भनाई छ।

स्पेनमा पछिल्लो एकैदिनमा ७३८ जनाको मृत्यु भएको छ। हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेको छ। मृत्यु हुनेको संख्या २७ प्रतिशतले बृद्वि भएको छ। यो हालसम्मकै उच्च दर हो।स्पेन चीनभन्दा पनिअघि पुगेको छ,जहाँ यो महामारीको उत्पत्ति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *