२०८१ वैशाख १३ गते | 25th of April 2024

राजदुतलाई भन्दिनुस् प्रधानमन्त्रीज्यू, हामीलाई बचाउन जाउ भनेर !

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १५ गते १६:५३

सम्माननिय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार, काठमान्डौं ।
मार्फत
महामहीम राजदुतज्यू,
नेपाली दुतावास
वासिड्गटन डि सी, अमेरिका ।

विश्वव्यापी रुपमा महामारी बनेर फैलीएको कोरोना भाईइरसको संक्रमण हाल अमेरिकामा सबैभन्दा तिव्र गतिमा बढेको कुरा सम्माननिय प्रधानमन्त्रीज्यूलाई अवगतै छ । अमेरिका, त्यसमाथी पनि विषेशत: न्युयोर्क राज्यमा यसको प्रभाव अरू ठाउंको भन्दा भयंकर छ । सम्भवत: सबैभन्दा बढी नेपालीहरूको वसोवास रहेको न्युयोर्कका बिभिन्न शहरहरुमा कोरोना भाईरसको संक्रमणले त्राहीमाम छन ।

केही दिन अघि मात्र एक जना नेपालीको यही रोगका कारण न्यूयोर्कमा मृत्यु भएपश्चात नेपाली समाज यो भाईरसको रोगको संत्रासले आक्रान्त छन् । आफ्नो ज्यानको प्रवाह नगरी नेपाली स्वयंसेवकहरु ठुलो साहसका साथ नेपाली समुदायमा सहयोग गर्न खटिनु भएको छ । तर भाईरसबाट बच्ने सुरक्षित साधनहरूको अभाव र जिविकोपार्जनका अत्यावश्यक उपभोग्य सामनहरुको बढ्दो मागका कारण स्थिती सोचेजस्तो सजिलो कहाँं हुन्छ र महामारीमा सेवा ? आफैमा विश्वको सबैभन्दा महंगो शहर न्युयोर्कमा अधिकांस नेपालीहरूको बसोबास पनि सामुहीक हुने गरेकाले ‘सेल्फ क्याराईन्टाईन बस्ने कार्यपनि कती कठिन होला, सम्माननीय प्रधानमन्त्रीले पाईला टेक्नुभएको न्योयोर्कको बारेमा के बताउंन पर्ला र ?

सम्माननीय प्रधानमन्त्रीज्यू, सरुवा रोगको कारणले अर्कोतिर आफुले बल्ल बल्ल पाएको काम पनि छोड्नुपरेकाले तथा कतिपय स्थानमा संक्रमणको माया मारेर काममा जानै पर्ने बाध्यताले त झन समुदायमा यो संक्रमण फैलिनेमा दुविधा नै रहेन । ‘अव कसरी बांचिएला ?’ भन्दैमा दिनहरू बितेका छन, प्रवासी हाम्रो नेपाली समाजमा ।

सम्माननीय प्रधानमन्त्रीज्यू, सबैभन्दा अहीलेको समस्या भनेको अभिभावकहरू संक्रमित भैसकेपछी बांकी आश्रित परीवारलाई कसरी जोगाउने भन्ने ठुलो चिन्ता छ । अभिभावकहरूको ईच्छा र आवश्यकता संक्रमित नभएकाहरूलाई छुट्टै सेल्टरमा राख्ने भएतापनी हामीहरूले कही कतै ब्यवस्था गर्न नसकिएको कुरा विनम्रताका साथ जानकारी गराउंदछु । कैयन विद्धार्थी साथीहरुको समस्याहरुको त झन के कुरा गरौं ? हाम्रा समस्याहरुका समाधानका लागी सम्माननीय प्रधानमन्त्रीज्यू, हालै नेपाल सरकारले अमेरीकाको राजाधानी वासिङ्टन डिसीमा राजदुतावासको लागी खरीद गरिएको करिव ८ मिलियन डलरको भवनलाई केही दिनका लागी बालबालिका, बिद्धार्थी तथा क्वारेन्टाईनका लागि अति आवश्यक भएका तपाईंका नेपाली नागरीकहरूका लागि सेल्टरको रूपमा प्रयोग गर्नको लागी ब्यवस्था गर्न मिल्दैन ?

सम्मननीय प्रधानमन्त्रीज्यू, यो भयानक महामारीमा हाम्रो दुतावासको उपस्थिती, सुचना र सहयोग शुन्य छ । एउटा कन्फेरेन्स कल बैठकको आयोजना गरिएको हल्ला सम्म भने छ । यो हाम्रो आपतमा हाम्रो जन्मभुमी नेपाल सरकारका प्रतिनिधिलाई आवश्यक निर्देशन दिई यस कठिन घडीमा अमेरिका लगायत विदेश स्थित नेपाली नागरीकहरूको जीवन रक्षाको निम्ति सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

जय नेपाल !

अनन्त राज सुबेदी
उपाध्यक्ष
नेपाल तरूण दल, अमेरीका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *