1

कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको दुखद निधन

403 पटक पढिएको

भोला लामिछाने –  स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ ।मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्‍जा भाञ्‍जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले बताएको छ ।उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो ।मारियाका ६ भाइबहिनी रहेका छन् ।

उनले आफ्नो युवा अवस्था म्याडिडमा बिताएकी थिइन् ।मंगलबार मात्र इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै उनले आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना गर्ने आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएकी थिइन् । यसअघि बेलायतका राजकुमार चाल्सलाई समेत कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको थियो । उनी हाल स्कटल्याण्डस्थित आफ्नो घरमा आइसोलेसनमा छन् ।

केरोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार नाघको छ ।संक्रमति व्यक्तिहरु मध्ये १२ हजार उपचार पछि घर फर्केका छन् ।

स्पेनमा रहेका नेपाली समुदायमा पनी कोरोना भाईरस को प्रकोपले गाजेको छ कातालेनीयामा [बार्सिलोना] ६ जनामा पोजेटिभ देखीएको छ ,तारागोनामा ३ , कास्तिलोनमा ५ जना सारागोसा १, भ्यालेन्सियामा १ र गिरोनामा २ जना गरेर जम्मा १८ जना नेपालीहरूलाई कोरोना संक्रमण भएको छ ।नेपाली समुदायको पुर्ण विवरण गोप्य राखीएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ  - शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्रीले बिहीबार प्रस्तुत गरेको बजेटमा.. ...

काठमाडौँ  - विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार.. ...

काठमाडौँ -   संविधान  (दोस्रो संशोधन) विधेयक पेस भएको छ ।प्रतिनिधिसभाको   आईतबारको  बैठकमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...