२०८१ वैशाख १५ गते | 27th of April 2024

बेलायतमा स्वास्थ्यकर्मीहरूलाई होलीकाउको निःशुल्क खाना सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १७ गते २१:४०

भोला लामिछाने – बिगत लामो समयदेखी बेलायतमा व्यवसाय गर्दै विभिन्न संघ संस्थामा आवद्द भई सामाजीक कार्य समेत गर्दै आएका व्यवसायी एवं समाजसेवी कुल आचार्यले लन्डनमा रहेको होलीकाउ मार्फत आफ्ना बिभीन्न शाखाहरूबाट नजिकै रहेका अस्पतालका स्वास्थ्य कर्मीहरूलाई निःशुल्क खाना वितरण गरिएको छ ।

कोरोना को माहामारीबाट आक्रान्त बनेको विश्व समुदायमा अधिकांश मानिसहरूका आफन्ना पेशा ब्यबसाय यतीबेला ठप्प छन् । संसारका सबै जसो देश लकडाउनमा छन् समुदाय घरभीत्र सिमीत छ । बेलायतमा पनी लक डाउन छ । यसको असर हरेक क्षेत्रमा परेको छ ।बिशेषगरी अस्पतालहरूमा बिमारीहरूको घुईचो छ , अस्पतालका कर्मचारीहरू दिनरात नभनी जोखिम लिएर बिरामीको सेवामा निरन्तर खटिईरहेका छन् । यस्तो बेलामा उहाहरूलाई निःशुल्क खाना ख्वाउने कार्य हामीले सोच्यौ र हाम्रा नजिकका ब्रान्चहरूबाट अस्पतालहरूका स्वास्थ्यकर्मीहरूलाई खाना खुलाएका हौ होलीकाउ संचालक अध्यक्ष कुल आचार्यले बताए ।

पैसा र जोखिमलाई भन्दा एनएचएसका स्टाफ, प्रहरी, यातायात लगायतका अत्यावस्यक सेवा जस्तै आफुहरुले पनि यो संकटको घडीमा ग्राहकहरुलाई घरघरमा खाना पुर्याएर सेवा पर्याईएका छौ आचार्यले बताए ।

कोरोना महामारीको संकटमय अवस्थामा लन्डनमा नेपाली व्यवसायी समूह होलीकाउको उक्त कार्यप्रती बिभीन्न समुदाय एवं संघ संस्थाहरूले खुलेर प्रशंसा समेत गरेका छन् । सन २००६ बाट सेवा शुरु गरेको होलि काउ समूहले नेपाली समुदायका कल्याणकारी गतिविधीहरुसँगै स्थानीय च्यारिटीहरुलाई पनि सहयोग गर्दै आईरहेको छ । १ डाइनिंग सहीत ९ वटा टेक वे शाखाहरू सन्चालन गरेको यो समुहले यो समयमा डाईनीडं रेष्टुरेन्ट बन्द गरेको छ । संकटमा परेका वृद्धवृद्धाहरुलाई निशुल्क खाना तथा एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनलाइन अर्डरमा २० प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ ।

आचार्य ग्रास लेवलबाट दुख गर्दै जानेको काममा दत्तचित्त भई कड़ा मेहनत र परिश्रमबाट बेलायतमा सफल व्यवसायी बनेका उदाहरणीय र सबैको प्रेरणाका स्रोत पात्र बनेका छन् । समाजसेवा बोलेर होईन भावनामा आउने कुरा बताउने आचार्य मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्छन् ।

आचार्य ग़ैर आवासीय नेपालीहरूको साझा संस्था एन आर एन का निकै लोकप्रीय पात्र हुन् । यसको स्थापना काल देखी नै उनी विश्वभर छरीएर रहेका नेपालीहरूको दुख सुखमा हातेमालो गर्दै सहयोगी बन्दै सबैको मन जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *