२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रेस युनियन बेलायतले कोरोना महामारीको सचेतना अभियान संचालन गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १९ गते १७:१३

बिपिन निरौला/लन्डन – नेपाल प्रेस युनियन बेलायतको कार्यसमितिको मीटिंग अध्यक्ष्य बिपिन निरौलाको अध्यक्ष्यतामा विडियो कन्फरेन्सको सहायताले अनलाइनमा ३१ मार्च ,२०२० मंगलबारका दिन सम्पन्न भएको छ ।
मीटिंगका निर्णयहरु यस प्रकार छन् ।

१) नेपाल प्रेस युनियन बेलायत (एन पी यु युके) गत बर्ष ३१ मार्च २०१९ मा प्रथम महाधिबेशन सम्पन्न भएकोमा सो सम्पन्न गर्नको लागि नेपालबाट आउनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष्य , उपाध्यक्ष्य , महासचिब , नेपाल पत्रकार महासंघका महासचिब , प्रदेश सभाका माननीय सदस्य सहित बेलायत स्थित नेपाली राजदुताबास, पत्रकार महासंघ, एन पी सी सी युके, एन आर एन एन लगायत विभिन्न संघ सस्था र तिनका प्रतिनिधि हरुलाई पुन: धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

२) एन पी यु युकेको हरेक बर्ष गर्नु पर्ने बार्षिक साधारण सभा अहिलेको कोरोन महामारीको बिशेष परिस्थितिका कारण यस बर्ष नगर्ने निर्णय गरिएको छ ।

३) कोरोना महामारीका बारेमा बेलायतस्थित नेपाली समुदायलाई जानकारीमुलक सामाग्री प्रकाशन र प्रशारण गर्ने नेपाल पत्रकार महासंघ युकेको अभियानलाई एक्यबध्धता जनाउदै युनियन आबध्ध सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई कोरोना संक्रमणबाट बच्ने र सर्न नदिने उपायहरुका बारेमा सामाग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गर्ने निर्णय गरियो।

४) वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत केहि नेपाली विद्यार्थीहरुमा समस्याहरु परेको बुझिन आएको परिप्रेक्ष्यमा नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएकोमा युनियनले पनि त्यस्ता समस्या परेका बिद्यार्थीहरुलाई नेपाली राजदुताबास संग सम्पर्क गराउन सहयोग गर्ने निर्णय गरियो ।

५) समस्यामा रहेका बिद्यार्थीहरुकै सन्दर्भमा नेपाली जनसम्पर्क समिति युकेले खाद्यान्न लगायतका आर्थिक सहयोग गर्ने कार्यमा एक्यबद्धता जनाउदै सक्दो सहयोग गर्ने निर्णय गरियो ।

६) अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालकाअध्यक्ष तथा बेलायतका सांसद बिरेन्द्र शर्मा लगायत कोरोनाको संक्रमण संग लडी रहेका , होम आऐशोलेशन तथा उपचार
पश्चात घरमा आराम गरिरहेका ब्रिटिश तथा नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *