२०८१ वैशाख ७ गते | 19th of April 2024

लस एन्जलसमा कोरोना महामारीबाट बच्न सहयोग समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १९ गते २३:१०

लस एन्जलस – श्रीपशुपतिनाथ फाउन्डेसनका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता र नेपालका लागि क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदुत ऋषी  पुन्नाखर ढकालको उपस्थितिमा दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको कन्फरेन्स कल भेलाले विश्वव्यापी संकटको रुपमा देखा परेको नोबल कोरोना भाइरस (कोभिड-१९) संक्रमण र संकटका बीच दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको हितमा कार्य गर्ने गरि श्रीपशुपतिनाथ फाउन्डेसन संयोजन रहने गरि फाउन्डेसनका उपाध्यक्ष रामबाबु पाण्डे संयोजक र महासचिव बिमल श्रेष्ठ सदस्य सचिव र भिम नारायण ढकाल कोषाध्यक्ष रहने गरि सल्लाहाकार सहितको ‘दक्षिण क्यालिफोर्निया नेपाली समुदाय कोभिड-१९ उद्धार समिति’ गठन गरिएको छ ।

उपस्थिति: श्री पशुपतिनाथ फाउन्डेसनका सदस्य र शुभेच्छुकहरु ।

प्रस्तावना: अमेरिकी केन्द्र सरकार सहयोग सुबिधा, खाध्य सुरक्षा, संक्रिमित सुरक्षण उपाय, न्युयोर्क नेपाली समुदाय संक्रमित सहयोग, सामाजिक सद्भाव र उत्साह, कार्यदल गठन ।

सल्लाहकार:
श्री वेद भक्त जोशी
श्री ऋषि पुनाखर ढकाल
श्री जित जोशी
श्री डा. शम्भु ढुंगाना
श्री कन्हैया कायस्थ
श्री गोकुल पौडेल
श्री मुकुन्द ढुंगाना
श्री भक्त थापा
श्री राजेन्द्र सिवाकोटी
श्री हेमराज भट्ट
श्री मदन पाठक
श्री पुरुषोत्तम ढकाल

सदस्य:
श्री कृष्ण कोइराला
श्रीमती टिका आन्ग्दम्बे
श्री एक राज पाण्डे
श्री रामेश्वर भण्डारी
श्री गोकुल ढकाल
श्री राम चन्द्र लामिछाने
श्री ज्ञानेन्द्र गुरुङ
श्री नबिन पोखरेल
श्री बलराम थापा
श्री तिलक कार्की

निर्णय न. १ विश्वव्यापी संकटको रुपमा देखा परेको नोबल कोरोना भाइरस (कोभिड-१९) संक्रमण र संकटका बीच दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको हितमा कार्या गर्ने गरि श्री पशुपतिनाथ फाउन्डेसन संयोजन रहने गरि श्री पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष श्री रामबाबु पाण्डे संयोजक र श्री बिमल श्रेष्ठ सदस्य सचिव, श्री भिम ढकाल कोषाध्यक्ष रहने गरि सल्लाहाकार सहितको दक्षिण क्यालिफोर्निया नेपाली समुदाय कोभिड-१९ उद्धार समिति माथि उल्लेखित नाम रहेको गठन गरियो, (कार्यदलले ५ सदस्य पछि मनोनित गर्ने) ।

निर्णय न. २
प्रस्तावना अनुसार अमेरिकी केन्द्र सरकार सहयोग सुबिधाको लागि सल्लाहकार श्री राजेन्द्र सिवाकोटी, खाद्य सुरक्षा संयोजक रामबाबु पाण्डे र सल्लाहकार हेमराज भट्टले ब्यबस्था गर्ने, संक्रमित सुरक्षण उपाय मास्क सदस्य सचिव श्री बिमल श्रेष्ठ र सदस्य श्री तिलक कार्की, न्युयोर्क नेपाली समुदाय संक्रमित सहयोग, संयोजक रामबाबु पाण्डेले संयोजन गर्ने, सामाजिक सद्भाव र उत्साह, कार्यदल गठन गर्ने बृहद कार्ययोजना आगामी बैठक अप्रिल २, २०२० साँझ ५:३० बजेको कन्फरेन्स कल बैठकले गर्ने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *