1

एनआरएनकर्मी केसीद्वारा बिपतमा हजार किलो खाद्धान्न सहयोग

114 पटक पढिएको

काठमाडौं – अमेरिकाका सामाजिक अभियन्ता तथा गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बोर्ड अफ डाईरेक्टर तिलक केसी तथा उनकी धर्मपत्नी सुनिता हिराचन केसीले दाङ जिल्लाको फुड बैंकमा खाद्यान्न सहयोगको घोषणा गरेका छन् । पेसाले ब्यवसायि केसी दम्पत्तीले कोरोना आतंकका कारण विपन्न परिवारमा पर्ने गएको समस्यालाई ध्यानमा राखी दाङको फुड बैंकमा एक हजार किलो चामल सहयोग गर्ने भएका हुन् ।

प्युठान स्थायि घर भै हाल अमेरिकाको मिलवाकी विसकन्सिनमा रहँदै आएको केसी दम्पत्तीले कोभिड १९ का कारण देशब्यापी लक डाउन लागु भएपछि दैनिक ज्याला मजदुरीबाट छाक टार्नु पर्ने बाध्यता रहेका विपन्न परिवार अप्ठेरोमा पर्न सक्ने बताउँदै यो सहयोगको घोषणा गरेका हुन् ।

दाङ जिल्ला घर भै हाल अमेरिकाको टेक्सासमा रहँदै आएका यूएस खबर डटकमका संचालक संचारकर्मी किशन रेग्मीको पहलमा भएको यस सहयोगप्रति फुड बैंक तुलसीपुरले धन्यवाद ब्यक्त गरेको छ । संचारकर्मी रेग्मीका अनुसार अमेरिकामा रहेका नेपाली समुदाय र मातृभुमी नेपाल यतिबेला कोभिड १९ का कारण अत्यन्त असहज अवस्थामा रहेकाले विश्वको जुनसुकै भुगोलमा रहेका नेपालीहरुले एक अर्कालाई सहयोग गर्नु पर्ने अवस्थाका कारण उनले यस सहयोगका लागि पहल गरेका हुन् । साथै उनले सबैलाई आपसी भातृत्व भावका साथ संकटको यो घडिमा सकेको सहयोग आदन प्रदानका लागि अनुरोध पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ  - शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्रीले बिहीबार प्रस्तुत गरेको बजेटमा.. ...

काठमाडौँ  - विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार.. ...

काठमाडौँ -   संविधान  (दोस्रो संशोधन) विधेयक पेस भएको छ ।प्रतिनिधिसभाको   आईतबारको  बैठकमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...