२०८१ वैशाख ८ गते | 20th of April 2024

अमेरिकामा रहेका नेपालीहरुको अवस्थाबारे कांग्रेस नेताहरुको चासो

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २४ गते १५:०१

न्यूयोर्क – नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरस (कोभिड– १९)को महामारी फैलिएको अमेरिकामा रहेका नेपालीहरुप्रति चासो र चिन्ता व्यक्ति गरेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले नेपाली जनसम्पर्क समिति अमेरिकाका नेताहरुसँग सम्पर्क गरी नेपालीहरुको अवस्थाका बारेमा चासो र चिन्ता व्यक्त गरेका हुन् ।

आइतबार महामन्त्री कोइरालाले नेपाली जनसम्पर्क समितिका नेताहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरी नेपालीहरुको अवस्थाबारे जानकारी लिए । बैठकमा कोइरालाले अमेरिकामा रहेका नेपालीहरुको अवस्था र भोगिरहेको कठिनाईबारे जानकारी लिएको नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार बैठकमा कोइरालाले अमेरिकाको न्युयोर्क लगायत विश्व भरि कोराना भाइरसका कारण नेपालीहरु दिवंगत भएकोप्रति दुःख व्यक्त गर्दै वर्तमान संकटपूर्ण अवस्थामा नेपालीहरुलाई परेको समस्या समाधानका निम्ती आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी उनले अमेरिका लगायत विश्वभरीका नेपालीहरुले भोगिरहेको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै जानकारी गराउने र समस्या समाधानका लागि आग्रह गर्ने प्रतिवद्धता जनाएको सुवेदीले जानकारी दिए ।

Image may contain: 1 person, eyeglasses and closeup

भिडियो कन्फ्रेन्स बैठकमा सुवेदीसहित नेविसंघका पूर्व महामन्त्री वैज्ञानिक डा. यादव पण्डित, नेविसंघका पूर्व केन्द्रिय सदस्य एवं एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल, कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी, महाधिवेशन प्रतिनिधिहरु प्रमोद सिटौला, हेमराज भट्ट, माया कडायत, तरुण नेता अनन्तराज सुवेदी, विद्यार्थी नेता प्रभात सापकोटा, च्याप्टर सभापति विश्व राज बास्तोता तथा अमेरिकाका विभिन्न राज्यका च्याप्टर सभापतिहरु लगायतको उपस्थिती रहेको थियो ।

त्यसअघि कांग्रेस सभापति देउवाले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीहरुले हाल भोगिरहेको समस्याप्रति आफू गम्भीर भएको र न्यूयोर्क लगायत विश्वभरी दिवंगत भएका नेपालीहरुप्रति दुःख व्यक्त गर्दै नेपालीहरुले भोगेको समस्या समाधानका निम्ती प्रधानमन्त्री ओलीसँग छलफल गर्ने आश्वासन दिएको सुवेदीले जानकारी दिए ।

यसै सिलसिलामा बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिन अघि फोन गरी नेपालीहरुको अवस्थाबारे चासो व्यक्त गरेका थिए । पौडेलले तत्काल कोही पनि घर बाहिर ननिस्कन आग्रह गर्दै विदेशमा बस्ने नेपालीहरुले भोगिरहेको समस्या समाधानका निम्ती प्रधानमन्त्री ओलीसँग छलफल गर्ने प्रतिवद्धता जनाएको सुवेदीले बताए ।

सुवेदीका अनुसार कांग्रेस उपसभापति विमलेन्द्र निधि, अर्का महामन्त्री पूर्ण वहादुर खड्का, पूर्व महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्यहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, सुजाता कोइराला, सुरेन्द्र पाण्डे, दीपक गिरी, सरिता प्रसाई, अर्जुन जोशी, नविन्द्रराज जोशी, डा. मिनेन्द्र रिजाल, नरहरि आचार्य, बालकृष्ण खाड, गोविन्द भट्टराई, रमेश लेखक, ज्ञानेन्द्रवहादुर कार्की, कमला पन्त, धनराज गुरुङ, रोमि गौचन, जीवन परियार, हृदयराम थानी, डिना उपाध्याय, एन.पी. साउद, चन्द्र भण्डारी, शंकर भण्डारी, गगन थापा, दिलेन्द्रप्रसाद बडू, प्रदीप पौडेल, गुरु घिमिरे, कल्याण गुरुङ, उमाकान्त चौधरी, सांसद्हरु संजय गौतम, देव तिमिल्सिन, तरुण दल अध्यक्ष जीतजंग बस्नेत, नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण, युवा नेताहरु युवा नेता मधु आचार्य, प्रगतिमान रञ्जित, भरत तिवारी, उज्ज्वल बराल र नेपाली कांग्रेसकी नेतृृ मृदुला कोइरालाले पनि फोन गरेर अमेरिकामा रहेका नेपालीहरुको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।

फोन गर्ने कांग्रेसका सबै नेताहरुले कोरोना भाइरसका कारण विश्वभर दिवंगत भएका नेपालीहरुप्रति दुःख व्यक्त गर्दै नेपालीहरुले भोगिरहेको समस्या र परिस्थितीलाई लिएर आफूहरु चिन्तित र गम्भीर रहेको सन्देश दिएको सुवेदीले बताए । ‘सबै नेताहरुले वर्तमान परिस्थितीप्रति चासो र चिन्ता प्रकट गर्दै आआफ्नो घरमा बसी सुरक्षित रहन नेपालीहरुलाई आह्वान गर्नुभएको छ र हामीले पनि हामीले भोगिरहेको समस्या र समाधानका लागि गरिरहेको पहलबारे जानकारी गराएका छौं’, सुवेदीले जनाए ।

कोरोना भाइरसको महामारी फैलिएको अमेरिकाको न्यूयोर्कमा हालसम्म ४ जना नेपालीले कोभिड– १९ का कारण ज्यान गुमाइसकेका छन् भने एक सयभन्दा बढी नेपालीहरु रोकमुक्त पनि भइसकेका छन् । अझै चार सय भन्दा बढी नेपालीहरु संक्रमित रहेको अनौपचारिक तथ्यांक रहेको छ । न्यूयोर्कमा मात्रै करिब ६० हजार नेपालीहरुको बसोबास रहेको बताइन्छ भने अमेरिकाभरी करिब तीन लाख नेपालीहरु बसोबास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *