२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपाल सरकारद्दारा आठ दिनका लागि लकडाउन थप

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २४ गते १५:४८

काठमाडौँ – कोरोना भाईरस कोभिड-१९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सावधानीका लागि सरकारले लकडाउन थप ८ दिन लम्ब्याउने निर्णय गरेको छ । चैत ११ देखि देशैभर सुरु भएको लकडाउन फेरी ८ दिनका लागी थप्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले २ साता अघिदेखि गरेको लकडाउनलाई फेरी निरन्तरता दिएको हो ।

स्रोतका अनुसार अब लकडाउन वैशाख ३ गतेसम्मका लागी हुनेछ । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई फेरि बढाएर २५ चैतसम्म पुर्‍याइएको थियो । विश्वभर कैयौँ मानिसहरुको कोरोनाका कारण निधन हुने क्रम नरोकिएपछि छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेसँगै नेपालले पनि लकडाउनको समय लम्ब्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *