1

एनआरएनए दक्षिण कोरियाद्वारा नेपाल सरकारलाई स्वास्थ्य उपकरण प्रदान

88 पटक पढिएको

काठमान्डौं –  गैरआवासीया नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) दक्षिण कोरियाद्वारा नेपाल सरकारलाई स्वास्थय सम्बन्धी उपकरण सहयोग स्वरुप प्रदान गरिएको छ। नेपालमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहनु भएका अभियन्ताहरुको सहकार्यमा सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

अभियान सुरु गरेको चार दिनमै १४ करोड २६ लाख ३७ हजार सात सय ७९ वोन अर्थात् एक करोड ४० लाख ७९ हजार सात सय ७५ रुपैयाँ संकलन भएको थियो। मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीहरुलाई एनआरएनएले आग्रह गरेको थियो। कोरियामा उत्पादित किटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिन्छ। यसको मूल्य प्रतिकिट २० डलर पर्छ। 

किटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भए लगत्तै किट खरिद गरी नेपाल सरकारलाई कोरोनाविरुद्धको संघर्षमा सहयोग पुर्‍याउन केही सामग्री औपचारि करुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई बिहीबार हस्तान्तरण गरियो। अभियानबाट संकलित रकममध्ये अहिले पहिलो चरणमा चार हजार किट र पाँच सय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर १० अप्रिल शुक्रबार दिउँसो ३:३० बजे नेपाल पुग्ने दूतावास स्रोतले बताएको छ। अभियान समाप्त भएको केही दिनमै उपकरण नेपाल पठाउने भनिएता पनि नेपाल-कोरिया हवाइ मार्ग बन्द भएका कारण केही समय ढिलो भएको हो ।

त्यस्तै, दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको पनि एनसिसि दक्षिण कोरीयाका महासचिव विमल सुवेदीले जानकारी दिनु भयो। दोस्रो चरणको सहयोग चीनबाट नेपाल जाने सामग्री नेपाल सरकारबाट हुने चार्टर्ड विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने छ।

यसैगरी पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीई लगायतका सामान नेपाल पठाएको र दुई चरणमा गरेर ७५ लाख रुपैयाँ बराबरको सामान नेपाल पठाइने राष्ट्रिय समन्वय परिषद् कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ  -  सोमबार  थप दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल.. ...

काठमाडौँ - शिक्षा मन्त्रालयले लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी.. ...

काठमाडौँ  - शिक्षामन्त्री गिरिराजमणी पोखरेलले अर्थमन्त्रीले बिहीबार प्रस्तुत गरेको बजेटमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...