२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएनए अमेरिका, आयोवा च्याप्टरद्वारा स्वास्थ्य सामग्री वितरण

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत २९ गते २२:३०

सरस्वती शर्मा-सरु/विस्कन्सन – गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको आयोवा राज्य च्याप्टरले कोभिड १९ का कारण अप्ठेरोमा परेकाहरुको लागि केहि सामग्री राहत स्वरुप वितरण गरेको छ।

कोरोना भाईरसका कारण बिपदमा परेका नेपाली समुदायका व्यक्ति र परिवारहरुको लागि केहि सहयोगी हात बढाएको छ। च्याप्टरका अध्यक्ष तारा मरहठ्ठा र सचिव ज्योती बराल तथा प्रदिप पौडेलको पहलमा स्थानिय स्तरमा रहेका कोभिड १९ टेस्टिङ टिमलाई खाना खुवाएर सेवाका लागि हात बढाएको हो।

दिनरात नभनि विरामीको उपचारका लागि खटिनु भएका समाजका हिरोहरुलाई खाना खुवाउन पाउदा आफुहरुलाई पनि खुशी लागेको अध्यक्ष मरहट्ठाले बताउनुभएको छ। हामी त घरभित्र सुरक्षित छौ तर समाजका लागि आफ्ना घरपरिवारलाई टाढा राखेर काममा खटिनु भएका समाजका हिरोहरुलाई सानो भए पनि सहयोग गरौ भनेर हामीहरुले रात्रि भोजनको आयोजना गरेका हौ। च्याप्टरले करिव ३५ जना स्थानिय स्वास्थ्यकर्मीलाई शुक्रबार रात्रिको भोजमन गराएको थियो।

यस्तै आयोवा च्याप्टरले कोभिड १९ को कारण बजारमा पाउन मुस्किल भईरहेका ओका औषधी ७ बक्स टाइलेनोल र ३० थान थर्मामिटर न्यूयोर्क सिटिमा रहने नेपालीहरुका लागि पठाएको छ। न्यूयोर्क न्यूजर्सि अहिले कोरोनाका कारण मुख्य ग्रसित क्षेत्र मानिन्छ। च्याप्टरले आवस्थ्यक सामग्री र उपकरण सक्दो रुपमा सहयोग निरन्तरता दिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *