२०८१ वैशाख १३ गते | 25th of April 2024

न्यूयोर्कमा Covid-19 बाट निधनको परिवारलाई सहयोग रकम हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत ३० गते १६:२९

न्यूयोर्क – गत मार्च २४ तारिख विश्व मानवमै सन्त्रास फैलाइरहेको Covid-19 को संक्रमणबाट अमेरिकामा निधन भएको अनिल सुब्वा लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक अनिलको नाममा स्थापना गरिएको gofundme मार्फत संकलन गरिएको जम्मा ($ २१,७०६ ) एकाइस हजार सातसय छ अमेरिकन डलर मध्ये गोफण्डले २.९ % प्रतिशत तथा ३० सेन्ट प्रति सहयोग कटाएर पीडितको परिवारलाई जम्मा बिस हजार नौ सय चालिस अमेरिकन डलर ($20,940.24) राहत सहयोग रकम स्व. अनिल सुब्बाको श्रीमती शान्ता सुब्वाको नाममा रहेको CapitalOne बैकको खाता नम्बर:-(xxxxxx८४३०) मा सिधैं जम्मा हुने गरी स्थानान्तरण गरिएको कुरा राहत जुटाउन खटिएका मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले बताए ।

१६ दिन अगाडि खोलिएको gofungme मा अमेरिका लगायत अन्य देशबाट पनि आर्थिक सहयोग गरेको देखिएको बताउँदै, नेम्बाङले राहत संकलनका निमित्त सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए। यसले पीडितको परिवारलाई ठुलो राहत पुग्ने जानकारी समेत नेम्बाङले बताएका छन् ।

यो gofundme लाई भर्जिनिया निवासी डा.देशराज सम्योगले तत्काल संचालनमा ल्याएर निरन्तर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वाले सम्पुर्ण सहयोगी दातालाई सहयोग गर्ने आग्रह गरेका थिए ।

यसको समन्वय किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।अनिल सुब्वा ( रमेश सम्वाहाङफे ) लिम्बुको गत मार्च २४ तारिख Covid-19 को संक्रमणबाट उपचारको क्रममा न्यू-योर्कको Elmhurst Hospital मा निधन भएको थियो । पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएको अनिल सुब्वा लिम्बु बिगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए ।

४९ बर्षको अल्पआयुमा नै निधन भएको अनिल लिम्बुको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनु सुब्वा लिम्बु छन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *