1

हेम सरिता फाउन्डेशनद्वारा भ्रष्टाचार विरुद्ध विश्वव्यापी कविता प्रतियोगिताको आव्हान विजेतालाई एक हजार डलर पुरस्कार

100 पटक पढिएको

टेक्सास – अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध अभियान चलाउने हेम सरिता पाठक फाउण्डेसनले भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता, पत्रकारिता र गितहरुलाई पुरस्कार दिंदै आएको फाउण्डेसनले एक हजार डलर राशीको पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गरेको हो ।

कविताको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्ने फाउण्डेसनले जनाएको छ । बढीमा दुई सय शब्दका कवितालाई प्रतियोगितामा सामेल गरिने र जेठ ३० गतेसम्म कविताहरु इमेलबाट लिइने आयोजकले जनाएको छ । कबिता पठाउन ईमेल ठेगना hemsaritapathakfoundation@gmail.com मा पठाउनुपर्नेछ । बिजेताले काठमाण्डौ बिषेश कार्यक्रमका बिच पुरस्कार प्राप्त गर्नेछन् ।

संरक्षक हेम पाठकका अनुसार पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ र प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको संग्रह प्रकाशित समेत गरिने छ ।

अमेरिकाको टेक्सासमा बस्दै आएका हेम पाठक र सरिता पाठक दम्पत्तिले हरेक वर्ष प्रतिष्ठानबाट भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएका छन् ।

फाउण्डेशनले काठमाण्डौ नजिकै रहेर पनि अति दुर्गममा पर्ने तांमाग बस्तीमा रहेको घुमारचौकमा माध्यमीक बिद्यालय सन्चालन गरेर असहाय बालबालिकाको अध्ययनमा सघाउँदै आएको छ भने त्यस वरपरका धेरै बस्तीहरुलाई स्वरोजगारका कार्यक्रम समेत सन्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

काठमाडौं- अर्थशास्त्री डा.विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...