२०८१ वैशाख १३ गते | 25th of April 2024

समस्याले नेपाल फर्कन चाहनेहरुलाई एनआरएनए अमेरिकाले सहयोग गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख १४ गते ४:१५

अमेरिका – विश्वब्यापी महामारी कोभिड १९ का कारण समस्यामा परेका नेपालीहरुलाई गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाले नेपाल फर्कन सहयोग गर्ने भएको छ । लामो समयदेखी कोरोनाका कारण आक्रान्त अमेरिकामा रहेका नेपालीहरुको जीवन रक्षका निमित्त एनआरएनए अमेरिकाले विज्ञप्ती जारी गर्दै अप्ठ्यारोमा परेका नेपालीलाई नेपाल फर्काउने अभियानबारे जानकारी दिएको हो ।

नेपाल फर्कन चाहने अमेरिकामा रहेका नेपालीका लागि रिटर्न टु नेपाल डिउरिङ कोभिड १९ लकडाउन नामक साईट सुचारु गरेको संघले विश्वको सबैभन्दा उच्च जोखिममा रहेको अमेरिकामा बस्दै आएका नेपालीहरुमध्य धेरै नेपालीहरुलाई पर्न गएको समस्यालाई ध्यानमा राखी यस अभियान सुरु गरेको बताएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार रिटर्न टु नेपाल डिउरिङ कोभिड १९ लकडाउन नामक साईटमा गएर आफ्नो विवरण सहित फर्म भर्न सक्ने ब्यवस्था गरिएको छ भने फारम भरी एनआरएनए अध्यक्ष सुनिल शाहलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । सार्वजनिक सुचनामा अध्यक्ष शाहले नेपाल फर्कन चाहनेहरुलाई पूर्ण सहयोग गर्ने समेत उल्लेख छ ।

यस्तो छ एनआरएनए अमेरिकाले जारी विज्ञप्तीको पूर्ण पाठ :

नमस्कार,

गैर-आवासीय नेपाली सङ्घ, अमेरिकाको वर्तमान नेतृत्व हाल अमेरिकामा बस्ने वा अमेरिकाको भ्रमणमा रहेका र नेपाल फर्किन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरूका कोविद-१९ को कारणले उत्पन्न समस्यासँग अवगत रहेको छ । हालै मात्र एनआरएनए, अमेरिकाका अध्यक्ष श्री सुनिल साहले नेपालका परराष्ट्र मन्त्री र अमेरिकाका लागि नेपाली राजदूतसँग यिनै र अन्य विषयमा छलफल गर्नु भएको पनि जानकारी गराउन चाहन्छौ । त्यसैले, नेपाल फर्कन कोविद-१९ को कारणले नसकेका तर नेपाल फर्किन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरूका सम्बन्धमा विवरण सङ्कलन गर्न सुरु गरेका छौ ।

यदि तपाईँ, तपाइका परिवारका सदस्य, नातेदार वा तपाईँले चिनेको कोही नेपाल फर्कन वा भ्रमण गर्न चाहना हुँदा हुँदै पनि अहिलेको लकडाउनको विषम परिस्थितिले गर्दा नेपाल फर्कन वा भ्रमणमा जान सक्नु भएको छैन भने, तल दिइएको फारम भर्नुहोस् र हामीलाई तपाईँ र तपाइजस्तै अवस्था बाट गुज्रेका अन्य व्यक्तिहरूलाई सहयोग गर्ने अवसर दिनुहोस् । तपाईँबाट प्राप्त विवरणका आधारमा गैर-आवासीय नेपाली सङ्घ, अमेरिकाले तपाईँको तर्फबाट नेपाल सरकारसँग पैरवी गर्ने छ र आवश्यकता अनुसार अन्य निकाय सँग पनि समन्वय गर्ने जानकारी गराउन चाहन्छौ ।

फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोला :

यो फर्म र यसबाट सङ्कलित विवरण का सम्बन्धमा केही प्रश्न भए हामीलाई सम्पर्क गर्नु होला । हामीले अप्ठ्यारोमा परेका नेपालीहरूलाई सहयोग गर्ने एस पुनीत कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध छ ।

गैर-आवासीय नेपाली सङ्घ, अमेरीका

Leave a Reply

Your email address will not be published. Required fields are marked *