२०८१ वैशाख ११ गते | 23rd of April 2024

‘अदालतको ढोकामा नधाउने बाटो’ को परिकल्पना लत्त्याईयो : लम्साल

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख १४ गते ६:४७

न्यूयोर्क – एनआरएनए अमेरिकाका पुर्व सदस्य तथा गत निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार सुर्य लम्सालले ‘एनआरएनए अमेरिकाले आफुमाथी मुद्दा लगाएर खर्च बढाईएको समाचार’ को खन्डन गरेका छन । कोभिड १९ को महामारीले आक्रान्त सिंगो नेपाली समाजको अगुवा गर्नुअप्र्ने एनआरएनए अमेरिकाले महामारीले प्रताडित नेपाली समुदायको ध्यान मोड्न ‘मुद्दामा रकम खर्च गरेर भन्डार रित्तिएको’ खबर छापेर महापिडाको ध्यान मोडेको आरोप लगाएका छन ।

सबै नेपालीको संस्त्था एनआरएनएलाई सहि दिशामा हिडाउन “अदालतको ढोकामा कहिल्यै जानु नपर्ने बाटो” को परिकल्पना गर्दै त्यसको लागि छलफल र सहकार्यबाट यस समस्याको दीर्घकालीन समाधान गरौँ भन्ने मेरो पटक पटकको अनुरोध लाई त्यतिबेला बेवास्ता गरिनुको साथै गत निर्वाचन प्रक्रियामा बृहतरुपमा पदिय दुरुपयोग भएकै कारण गलत प्रक्रिया र प्रवृतिको सुधारका लागि गत बर्ष नै अमेरिकी न्यायालयमा गरिएको जाहेरी लाई यो कोरोनाको शुरुवात संगै रोगको सम्भावित क्षति र हाम्रो मानबियता दायित्वलाई ध्यानमा राखी उक्त मुद्धाको प्रक्रिया लाई हालको लागि स्थगित गरिसकेको कुरा मैले पहिल्यैनै सम्बन्धित सबैमा जानकारी गराएको र फेरि यसै बिज्ञप्ति द्वारा पुन जानकारी गराएका छन ।

लम्सालद्दारा जारी वक्तब्य :

आदरणीय अमेरिकाबासी नेपाली दाजुभाई दिदीबहिनी तथा बुबाआमाहरु,

कोभिड-१९ को प्रकोपबाट बिश्वका अन्य देश भन्दा अमेरिका र अमेरिकामै पनि अन्य राज्य भन्दा बढी पिडीत हामी न्युयोर्कवासी छौं । डिसेम्वर २०१९ मै शुरु भएको यो माहामारी शत्रुसंग लड्न बिश्वनै एकजुट रहेको यो अवस्थामा जीवन धान्ने अत्यावश्यक सामाग्री, स्वास्थ्य र शुरक्षाका बिषय भन्दा बाहेक अन्य (nonessential) क्षेत्र प्राय अहिले निष्कृय नै छन। यस कठीन समयमा यंहाका नेपाली संघ संस्था र सामाजिक अभियान्ताहरुलाई एकजुट गराई अमेरिकी सरकारी निकाय, नेपाल सरकारका प्रतिनिधि, केन्द्रीय गैर आवासीय नेपाली संघ र अन्य स्थानिय सहयोगी हातहरुलाई एउटै टेवलमा ल्याएर सबै नेपालीको हितका लागि बृहत “कोभिड १९ सहयोगी अभियान अमेरिका” को सामुहिक नेतृत्व लिनुपर्ने एकमात्र संस्था गैर आवासीय नेपाली संघ अमेरिकाले समन्वयात्मक भूमिका निर्बाह गर्नेछ भन्ने हामी सम्पूर्ण अमेरिकाबासी नेपालीको अपेक्षा थियो ।

तर अहिले हामी अत्यन्तै दुखि छौं, हाम्रो आफ्नै शहरमा यहीबेला दशौं जना भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनी र बुवाआमाको देहान्त हुदापनि यो संस्थाको नेतृत्व लिने मित्रहरुबाट कुनै पनि प्रभाबकारी भूमिका देखिएन । यस विषम परिस्थितिमा आफ्नो तर्फ़ बाट मृतकलाई श्रद्दासुमन र परिवारजन लाई समवेदना दिने, बिमारी एबं संक्रमितलाई टाईलोनल र थर्मामीटर जस्ता राहत सामाग्री बाडदै सरकारी संयन्त्र बाट थप मानविय सहयोग जुटाईरहेका अभियान्ताका बारेमा नै सामाजिक संजाल र संबेदनशील गैर आवासीय नेपाली संघ अमेरिकाको संस्थागत इमेलमार्फत हाम्रा बारेमा अनेक किसिमका भ्रम सृजना गरिरहेकाले हाम्रो गम्भीर ध्यान केन्द्रित भएको छ ।

गैर आवासीय नेपाली संघ अमेरिकाको चुनावी बिषयलाई लिएर पटक पटक अदालतको ढोकामा धकेलिएको यो संस्थाको इतिहासलाई दोहोरिन नदिन मैले गत सालको गैर आवासीय नेपाली संघ अमेरिकाको चुनाव अघिनै “अदालतको ढोकामा कहिल्यै जानु नपर्ने बाटो” को परिकल्पना गर्दै त्यसको लागि छलफल र सहकार्यबाट यस समस्याको दीर्घकालीन समाधान गरौँ भन्ने मेरो पटक पटकको अनुरोध लाई त्यतिबेला बेवास्ता गरिनुको साथै गत निर्वाचन प्रक्रियामा बृहतरुपमा पदिय दुरुपयोग भएकै कारण गलत प्रक्रिया र प्रवृतिको सुधारका लागि गत बर्ष नै अमेरिकी न्यायालयमा गरिएको जाहेरी लाई यो कोरोनाको शुरुवात संगै रोगको सम्भावित क्षति र हाम्रो मानबियता दायित्वलाई ध्यानमा राखी उक्त मुद्धाको प्रक्रिया लाई हालको लागि स्थगित गरिसकेको कुरा मैले पहिल्यैनै सम्बन्धित सबैमा जानकारी गराएको र फेरि यसै बिज्ञप्ति द्वारा पुन जानकारी गराउन चाहन्छु।

साथै म यसै विज्ञप्तिको माध्ययमबाट मृतकका परिवार र संक्रमितलाई सहायता र सहयोग पुर्याउनुपर्ने यो विषम परिस्थितिमा हामी अमेरिकन नेपालीहरुबिचका सबै बिमती र असहमति लाई थातीं राखी अहिलेको मानबिय समबेदनसिलताका आवश्यक बिषयमा केन्द्रीत रहेर सहकार्य र संयमताको अभ्यास गर्नुहुन अनुरोध गर्दै अन्य बिषयका सवालमा कुनै भ्रममा नपरी आफ्नो र परिवारको स्वास्थ्यमा ख्याल गरि यो निर्मयी समयलाई सकारात्मक प्रतिफलमा बदल्ने कोशिस गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

जय नेपाल । जय अमेरिका। जय एनआरएन।

सुर्य (साल) लम्साल
न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *