२०८१ वैशाख ६ गते | 18th of April 2024

५ वर्षको उमेरमा स्पेनिस फ्लु र १०७ वर्षमा कोरोनालाई जित्ने महिला

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख १४ गते ७:१३

भोला लामिछाने – स्पेनमा कोरोना भाइरसलाई हराउँदै १०७ वर्षीया वृद्धा सन्चो भएकी छन्। रोचक कुरा त के छ भने जब उनी पाँच वर्षकी थिइन् तब उनले ५० करोड मानिसको ज्यान लिएको स्पेनिस फ्लुलाई पनि हराएकी थिइन्।

स्पेनको अंग्रेजी पत्रिका ओलिभ प्रेसका अनुसार कोरोनालाई जितेकी वृद्धाको नाम एना डेल भ्याले हो। कोरोनालाई जितेर ठीक हुने उनी नै विश्‍वकै सबैभन्दा वृद्ध मानिस मानिएको छ।

पत्रिकाका अनुसार एनासँगै अन्य ६० जना कोरोना संक्रमित थिए। अब उनी ठीक भएकी छन्। उनको जन्म अक्टोबर १९१३ मा भएको थियो। जब उनी पाँच वर्षकी थिइन् तब उनलाई स्पेनिस फ्लु भएको थियो। तर उनले स्पेनिस फ्लुलाई हराउँदै ठीक भएकी थिइन्। जनवरी १९१८ देखि डिसेम्बर १९२० सम्म स्पेनिस फ्लुको प्रकोप रहेको थियो। यस महामारीबाट विश्‍वको एक तिहाई जनसंख्या (५० करोड मानिस) सकिएको थियो।

पत्रिकाका अनुसार स्पेनिस फ्लुलाई हराएको १०२ वर्षपछि एनाले कोरोना भाइरससँगको लडाइँ पनि जितेकी छन्। अन्‍य सञ्‍चारमाध्यमका अनुसार स्‍पेनमा १०१ वर्षका अन्य दुई महिलाले कोभिड-१९ सँग जित हासिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *