२०८१ वैशाख १४ गते | 26th of April 2024

बिद्धार्थीहरुलाई राहतका लागि तमाङग सोसाईटी, अमेरिकाको प्रेस विज्ञप्ती

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख २६ गते ६:२१

प्रेस विज्ञप्ति

‘नेपाली विधार्थी प्रति हाम्रो दायित्व’

Tamang Society Of North America ले नेपाली विधार्थी जो अमेरिकामा International Student, F1 visa holder स्टाटस्मा छन् त्यस्ता विधार्थीहरुलाई यो COVID-19 को भयावहबाट केहि टेवा पुर्याउने उद्देश्य सहित न्युयोर्कका विभिन्न संघ संस्थाहरुको संयुक्त नेतृत्वमा परिचालित समुह “कोरोना बिरुद्ध सचेतना एवं सहयोग समुह न्युयोर्क” मार्फत आँउदो शनिवार न्युयोर्क र न्युजर्सीमा बाँडिने विधार्थीहरको राहत (ग्रोसरी) को खर्च ले कम्तिमा ५० प्रतिशत $1500 (पन्ध्र सय डलर)व्यहोर्ने जानकारी Tamang Society Of North America संस्थाको महासचिव डोल्मा लामाले जानकारी गराउनु भएको छ ।
कोभिड-१९ बाट अति प्रभावित राज्य न्युयोर्क लाई विशेष रुपमा लिईरहेको र यस क्षेत्रका समुदायलाई सुरक्षित राख्न न्युयोर्क राज्यमा क्रियाशील संस्था Tamang Society Of America, New York बाट गठित TSA COVID-19 Task Force लाई $2500 (पच्चिस सय डलर) सहयोग यस अघि नै गरि सकेको र TSA COVID-19 Task Force ले समुदायमा काम गरि रहेको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *