२०८१ वैशाख ७ गते | 19th of April 2024

पिसिआर परीक्षणमा शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ७ गते १४:४५

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थालाई गर्न दिने निर्णय भएपनि शुल्क नतोकिएको स्पष्ट गरेको छ ।मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले आज विज्ञप्ति जारी गरी परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिनुभयो ।

मन्त्रालयले हिजो स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सशुल्क गराउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *