२०८१ वैशाख ८ गते | 20th of April 2024

वैदेशिक रोजगारीमा ज्यान गुमाएका दुई सय सातजनाको शव अलपत्र

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १० गते १५:५१

काठमाडौँ – वैदेशिक रोजगारीमा ज्यान गुमाएका दुई सय सातजनाको शव अलपत्र परेको छ । कोरोना भाइरस (कोभिड- १९) का  कारण अधिकांश देश लकडाउनमा भएकाले शव नेपाल ल्याउन नसकिएको हो ।
वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन सुरु भएदेखि दुई सय सात जनाले ज्यान गुमाएकामा १० जना कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण संयुक्त अरब इमिरेट्समा पाँच जना, साउदी अरबमा ३, कतारमा एक, टर्कीमा एक जनाले ज्यान गुमाएका छन् । बोर्डका अनुसार लकडउन अवधिमा युएईमा ४६, साउदीमा ४९, मलेसियामा ४४, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १ र अन्य देशमा ६ जना नेपाली कामदारको मृत्यु भएको छ ।

लकडउनका कारण शव ल्याउन समस्या भएपछि बोर्डलेसम्बन्धीत देशमै अन्त्येष्टी गर्न प्रेरित गरिरहेको छ । उसले परिवारका सदस्यसँग सहमति लिएर सोही देशमा अन्टेष्टी गर्ने नीतिगत निर्णयसमेत गरिसकेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री स्तरीय निर्णयबाट बोर्डले विदेशमा मृत्यु भएकाको शव सोही देशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना तथा राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार  ५८ जनाको परिवारले सहमति दिएकाले सोही देशमा अन्टेष्टी गरिने बताए । अरु परिवारसँग पनि सहमति खोजिएको र नमाने सहज अवस्था आएपछि मात्र शव ल्याउन प्रक्रिया सुरु हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार युएईका ३२, साउदीको सात, मलेसियाको दुई, कतारको ६, बहराइनको एक,. सेसेल्सको एक, दक्षिण कोरियाको तीन, जोर्डनको एक र अन्य देशमा मृत्यु भएका पाँचजनाको परिवारले सहमति जनाएका छन् । खाडीसहित मलेसियामा कार्यरत झण्डै दुई हजार नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *