२०८१ वैशाख ११ गते | 23rd of April 2024

इस्लाम धर्मावलम्बीहरु सोमबार रमजान (इदउलफित्र) मनाउने

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ११ गते ११:२९

काठमाडौँ  – इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान (इदउलफित्र)सोमबार मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा सो समुदायका धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा व्रत आज पूरा गरेका छन् भने इदउलफित्र मनाउन तयारीमा जुटेका छन् ।इदउलफित्र नमाज सामूहिक रुपमा इदगाहमा पढ्नुपर्ने र यसवर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले यो नमाज घर घरमै पढ्न राष्ट्रिय मुस्लिम आयोगले जारी गरेको सार्वजनिक सूचना जनाइएको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४१ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।दान दिनु, गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यसमा मुस्लिमले आफ्नो गच्छेअनुसार परिकार बनाएर खाने गर्छन् भने एकले अर्कालाई इद मुबारक भनेर शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *