२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

बहुप्रतिक्षित ‘स्मार्ट एनआरएनए’, अब शुरु

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १२ गते २१:५३

अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको काम सुरु भएको छ । टेण्डरमार्फत नेपालको एक कम्पनीलाई यसको जिम्मा दिइएको संघका महासचिव डा. हेम राज शर्माले जनाए । उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ ।

संघ नयाँ ईरामा प्रवेश गरेको छ भने संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुने संघले जनाएको छ । स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ । सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ । 

यसैगरी संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ । सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन् । प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ ।

सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ । सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन । हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईटको व्यवस्था गरिनेछ । वेभसाईटमा एकरुपता ल्याईनेछ भने आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ । 

संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्री तयार गरिने संयोजक जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']