1

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

84 पटक पढिएको

काठमाडौँ – नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठेकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सरकारले गत बुधबार भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा रहेको नक्सा परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।

संसद सचिवालयमा दर्ता गराएको ५ दिनपछि गत बुधबार संसदमा पेस गर्नलाई प्रतिनिधिसभा बैठकको संभावित कार्यसूचिमा चडेको संविधान संशोधन विधेयक कांग्रेसले समय माग गरेका कारण कार्यसूचिबाट हटाइएको थियो । कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गराउने भन्दै समय मागेपछि संविधान संशोधन विधेयक संसदमा पेस हुन सकेको छैन। शनिबार बसेको  कांग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै १८ गते बस्ने संसद वैठकमा संविधान संशोधन विधेयक पेस हुने भएको छ ।

तपाईको प्रतिक्रिया

एजेन्सी - अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी.. ...

काठमाडौँ - कोरोना भाईरस  महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि .. ...

काठमाडौँ - सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण निर्धारित समयमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...