२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

चुल्होमा पाक्ने च्यांख्ला छैन : छिमेकीको विवाहमा दाईजो, तामाको ताउलो

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २४ गते ४:०१

अमेरिका – एउटा पुरानो घाऊ थियो, एनआरएन अमेरिकाका मान्छेहरुसित । प्रतिनिधी बनाउन कहिल्यै फेयर नहुने खेलमा वर्तमान कार्यसमिती पून: नराम्रोसंग चुकेको थियो । फलस्वरुप, तत्कालिन क्षेत्रीय संयोजक गौरीराज जोशीको अगुवाईमा प्रकाश सापकोटाको संयोजकत्वमा बनेको समुहले ६० जना जति प्रतिनिधी अमेरिकाबाट छान्यो। एनआरएनए अमेरिकाले छानेका प्रतिनिधी र जोशीले चुनेका प्रतिनिधीहरुको बैधताबारे धेरै अनलाईनहरुले लड्डु समाचार बनाए । आईसिसीमा बलियो सन्तुलन बनाएका जोशीले छानेका र नेपाल गएका प्राय सबै एनआरएन प्रतिनिधीको अधिकारिक बिल्ला भिरेर एनआरएन केन्द्रिय कार्यालयको प्रांगणमा विजयको सेल्फी लिन थाले ।

एनआरएनए केन्द्रिय कार्यालयको हरिबिजोग, काठमान्डौं महानगरमा गणेशमानसिंह र मनमोहन अधिकारीलाई चुन्न लागेको जस्तो चुनावी लाईन, अस्तब्यस्त कार्यालयहरु र छरपश्ट एनआरएनएकर्मीहरुको समुहले लखतरान बालुवाटार आँफैंमा थकित थियो । अब्यबस्थित कार्यतालिका र राजनैतीक रंग लागेको एनआरएनएको तत्कालिन तथा बर्तमान कार्यसमितिको निर्वाचनको भद्रगोलता एवम संगै हिंडेका-उडेकाहरुको छुट्टै लाईनले लाग्थ्यो, प्रवासमा एन हुन मिलाएका हातहरु ‘धारे हात’ हुनेछन । र भयो पनि त्यस्तै । जुन परिणति प्रवासी नेपालीहरुले अहिले झेलिरहेका छन ।

सबैभन्दा ठुलो बाट दोस्रो ठुलो भएको एनआरएनए अमेरिकाको प्रतिनिधी विवाद कुन चुली सम्म पुग्यो र परिणती के भयो भन्ने कथाहरु अहिले पुराना भईसके ।

सबैभन्दा ठुलो घाऊ :

अन्जान किटाणुले तहस नहस पारेको संसारको आकार मात्र छ अहिले, ब्रम्हाण्डमा । कोरोना कहरले थिल्थिलो दुनियाँ र त्यसमा रम्न-बांच्न पर्ने हाम्रा जीवनहरु । कोरोनाले मानव जीवनमा यस्तो घाऊ लगाईदियो कि जनसम्पर्क समिती, प्रवासी मन्च, एनआरएनए लगायतका प्रवासी संगठनहरु एक ठाउंमा आएर मानव सेवामा एक हुन वाध्य भए ।

अन्जान किटाणुले तहस नहस पारेको संसारको आकार मात्र छ अहिले, ब्रम्हाण्डमा । कोरोना कहरले थिल्थिलो दुनियाँ र त्यसमा रम्न-बांच्न पर्ने हाम्रा जीवनहरु । कोरोनाले मानव जीवनमा यस्तो घाऊ लगाईदियो कि जनसम्पर्क समिती, प्रवासी मन्च, एनआरएनए लगायतका प्रवासी संगठनहरु एक ठाउंमा आएर मानव सेवामा एक हुन वाध्य भए ।

संसारलाई लागेको यो ठुलो घाऊमा राजनिती, सम्बन्धन र दुश्मनी एकातिर थाती राखेर बहुसंख्यक मनहरु नेपाली समुदायको पिडामा मल्हम लगाउन लागिपरे । राहत बांड्नका लागि सबैका मन दुश्मनीभन्दा दुर रहे ।

सेवामा बिभाजन :

कोरोनाको महामारीले प्रताडित अमेरिकी नेपाली समाजमा परेको बज्रपातमा सहानुभुती दिलाउन धेरैका मन खुकुलो रहे । नेपाली जनसम्पर्क समितीको नाममा दुईटा समुह कोरोना राहत वितरणमा बिभाजित भए । सभापती आनन्द विष्ट संयोजक रहेका समितिमै महासचिव मुनेन्द्र नेम्वाङ्ग छायां पार्ने काम भयो । नेम्वाङ्गका सबैभन्दा नजिकका हितैषी दुर्गेशजंग कार्कीको सामानबाट शुरु भएको जनसंपर्क समितीको राहत वितरण कार्यमा नेम्वाङ्गमै छांया परेको कथा फेसबूक पोस्टबाटै प्रष्टिन्छ ।

अमेरिकामा कोरोनाले सबैभन्दा बढी प्रभावित न्यूयोर्कको नेपाली समुदायमा जिन्दगी पातमा राखेर राहत वितरणमा लागिपरेका सोही क्षेत्रका एनआरएनए च्याप्टर सभापती रामहरी अधिकारी एनआरएनए अमेरिका राष्ट्रिय समितीभन्दा माथी रहे । बिभिन्न बिभागहरु मार्फत एनआरएनए अमेरिका सकृय रहेपनि कोरोना कहरको शहरमा रामहरी अधिकारीको सामाजिक रहर बढी प्रभावकारी बन्यो ।

यादव बास्तोलाले न्यूयोर्कमा आफ्नै बलिबुतामा राहत र आहतको थालनी गरेपछी आफ्नो समुदायलाई परेको दु:खमा सारांशमा सम्पूर्ण न्यूयोर्क र अन्य राज्यका नेपाली समुदाय एक रहे । कोरोना कहरमा समुदायबाट उठाएको पैसाले किनेको पिपीई बांढ्न लस्स एन्जलसको श्रीपशुपतिनाथ फाउन्डेशनले एक दिनको लागि स्थानिय पार्किङ्ग क्षेत्र बुकिङ्ग गर्‍यो । किन गर्‍यो संस्थालाई थाहा होला, तर एउटा धनी शहरमा रहेका गरिब नेपालीहरुलाई राहत बांड्नुका साटो ‘देखाउने समाजसेवा’ त्यती उपयुक्त थियो जस्तो लाग्दैन ।

राहतलाई रकम :
एनआरएनए अमेरिका, जनसम्पर्क समिती, प्रवासी मन्च लगायतले कोरोना संक्रमित परिवार तथा रोजगारबिहिन बिद्धार्थीहरुका लागि रकमको जोहो गरे । स्वस्फुर्त रुपमा दानदाताहरुले बिभिन्न माध्यमबाट सहयोग गरे, संस्थाहरुलाई । एनआरएनए आईसिसीका सचिव गौरीराज जोशीको संयोजकत्वमा गठित समुहले करिब २५ हजार डलर संकलन गरेर केन्द्रिय तहबाट वितरण गर्नका लागि एनआरएनए केन्द्रिय खातामा जम्मा गराए । एनआरएनए अमेरिकाले २० हजार डलर गोफन्ड मार्फत जुटायो । दातहरुले प्रदान गराएका नगद तथा कोरोना रोकथामका सामग्रीहरुलाई अन्य संस्था तथा समुहहरुले वितरण गरे ।

आरसी त्रिपाठीको अपिललाई गलत व्याख्या :
कोरोनाले आक्रान्त अमेरिकी नेपाली समुदायलाई सहयोग गर्न एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले सबैभन्दा पहिले सहयोग समिती गठन गरे । अमेरिकाज क्षेत्रका सबैलाई समिटर बनाएको उनको समितिलाई समाजसेवी (?) हरुले हावामा उडाए । त्रिपाठी हच्किएनन । आरसी राजन त्रिपाठीले कोरोनाको संक्रमणमा ठुलो असार पुर्याएको न्यूयोर्क र अमेरिकाका अन्य राज्यहरुमा सहयोग जुटाउन आईसिसीलाई तत्काल १० हजार डलर रकम निकासा गर्न केन्द्रिय अध्यक्ष कुमार पन्तलाई पत्र लेखे । बरु एनआरएनका केन्द्रिय सचिव गौरीराज जोशीलाई नेपाली समुदायको यो पिडामा मल्हम लगाउने कार्यको अगुवाई गर्न आग्रह गरे ।

पद, बरियाता र वरिष्ठपन खोजिने नेपालीहरुको बानीको प्रवाह नगरी सचिव जोशीले अमेरिकी नेपाली समुदायलाई मात्र होईन, संसारभरका नेपालीहरुको पिडामा सारथी बन्न राहत रकम जुटाएर एनआरएनए केन्द्रिय समितिलाई बुझाउन र हरबखत अमेरिकी नेपाली समुदायलाई साथ दिने हेतुले त्रिपाठीको अनुरोध स्विकार गरे । धनी गौरीलाई अगाडी सारेर एनआरएनए, अमेरिका क्षेत्र र अन्यले राजनीति गरेको भनि हौवा फिजाईयो । एकसुरमा काम गर्ने जोशीले वास्ता गरेनन । बरु, गोफन्ड होईन, प्रचार होईन, आफ्नै बलिबुताले हितैषीहरुको सहयोगमा वरपर रहेकाहरुसंगको संपर्कले ४५ लाख रकम उठाएर एनआरएनए केन्द्रिय समितिलाई प्रदान गराए ।

आ-आफ्नै डम्फु :
आफ्नो क्षेत्रका दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न आईसिसीसंग १० हजार डलर आग्रह गरेको बिषय सान्दर्भिक नभए पनि जायज थियो । किनभने, च्याप्टरले सकेको आफुले गर्ने, एनसिसीले हातेमालो गर्ने, अमेरिकाज क्षेत्रले समान्जस्य गर्ने र आईसीसीले मोनटरिङ्गग गर्ने परम्पराको निरन्तरतास्वरुप आक्रान्त समुदायलाई राहत प्रदान गराउन अध्यक्ष पन्तलाई लेखेको पत्र सहयोग र सहानुभुतीको एक याचना न थियो ! भलै, १० हजार डलर अमेरिकामै त्रिपाठी फोनको भरमा उठाउन सक्थे । तर, यहाँ पावर भन्दा नि पहलको आवश्यकता थियो, जो त्रिपाठीले गरे ।

उता, उपाध्यक्ष सोनाम लामालाई केन्द्रिय समितिले राहत संयोजक बनाएको पत्र मिडियाले आबश्यक भन्दा बढी प्रचार गरे । जोशी भन्दा लामा ठुलो हो भनेर राजनीति गरे । तर परिणाम, सोनामको समितिले न्यूयोर्कमा के गर्‍यो, एनसिसी अमेरिकालाई के गर्‍यो वा केन्द्रिय समितिलाई कती बुझायो, केही ज्ञात छैन । सानै बनेर पनि बरु जोशीले ४५ लाख एनआरएनए केन्द्रिय खातामा जम्मा गराए ।

अर्की उपाध्यक्ष रबिना थापाले आँफै सहयोग प्रदान गराएका समाचारहरु युरोपका अनलाईनहरुले लेखे । सारांशमा पदीय रुपमा उपाध्यक्षद्वय यस क्षेत्रबाट निर्वाचित सचिव जोशी, आरसी त्रिपाठी र एनसिसी अमेरिकाको मालामा आउन असफल रहे ।

आफ्नो चुल्होमा पकाउन च्यांख्ला छैन !
एनआरएनए अमेरिकाको बैठकले आईसिसीलाई १० हजार डलर सहयोग गर्ने निर्णय गर्‍यो । आफुनिकटका संचारमाध्यमलाई ‘घाटामा चलेर पनि मन उदार बनाएको’ समाचार दियो । त्रिपाठी, जोशी, थापा र लामाका प्रयासअहरुको संबोधन गरेन । मात्र भन्यो, उदारी हो, एनआरएनए अमेरिका । उधारी गरेर पनि परोपकारी बनेको बतायो ।

एउटा हाईस्कुलको कर्तब्य बिद्धार्थीलाई १० कक्षा पासा गराउनु हो । सके सर्वोत्तम नतिजा, नसके उत्तम वा नसके पास । हाईस्कुलले आफ्नो बिद्धार्थी स्कुलस्तर नसकिंदै विज्ञान र ईन्जिनियरिङ्गको कोर्स पढाएको सर्टिफिकेट दिनु गलत हो ।

एनआरएनए अमेरिकाको कर्तब्य बहुतै सकृय रहेको बिद्धार्थी फोरम जस्तै अन्य शाखाहरुलाई पनि एक्टिभ गराउनु हो । लामा, थापा, जोशी र त्रिपाठीहरुसंग असमन्जस्यताको पैठोजोरी गर्नु होईन । गौरी जोशीको संयोजनमा ४५ लाख बुझाएको संस्थालाई एनआरएनए अमेरिकाले १० हजार डलर दिनु आफ्नो चुल्होमा पकाउने च्यांख्ला नभएको जस्तो हो । हैन भने, उधारोमा चलेको किन हल्ला गर्नु ?

छिमेकीको विवाहमा दाईजो, तामाको ताउलो :

हरिबोल भन्डारीहरुले लाखौंको सहयोग गरे, कोरोना महामारीमा । अनन्त सुवेदीहरु दिलोज्यान दिएर राहतका लागि लागिपरे । ह्यारी भन्डारीहरु नेपाली बिद्धार्थीहरुको सेवामा मरिमेटे । भोला आचार्य, सुर्य थापा, किरण मरहट्टा, बिष्णुहरी घिमिरे, सतिश चापागाईं, ज्योतिकुमार श्रेष्ठ, अकुर लुइंटेलहरु सदा नेपालीहरुलाई सेवा प्रदान गर्ने माध्यम खोजेर मिडियामा खटिरहे । खै, कसैले नाम खोजेनन, प्रचार रोजेनन ।

किशोर पन्थी, योगेश आदी, किशन रेग्मी, शिव शर्माहरु निरन्तर नेपाली समुदायलाई सेवा प्रदायक सुचनाका लागि लेखिरहे । न्यूयोर्कबाट प्रकाशन हुने खसोखस र विश्व सन्देशको महिमा जति गरे नि कम हुन्छ । तर केही मिडियाहरु कसैका धुपौरो भए ।

खैर, जसले कोरोनाको महामारीमा आफुसक्दो सहयोग गरे, ती भगवान भए ।
जो पछी परे, ती पछी नै परे ।

कोरोना महामारीमा दु:ख पाउने हजारौं नेपालीहरु छन, अमेरिकामा । बिशेषत: बिद्धार्थीहरु छन । केहीले सहयोग पाएका छन । धेरै पिडामा प्रताडित छन ।

आलिशान महलमा बिराजमान महामहिम राजादुतको नाटके दार्ही मात्रै फुलेको छ, मन नेपालीको सहयोगमा भिजेको छैन ।
हामीमाझ धेरै समस्याहरु छन । कोरोनाको संक्रमणले अस्पतालले भर्ना नलिएर मर्ने ज्यानहरु पनि छन । प्रताडित मनहरु पनि छन । दुतावासको कुरा गर्नु व्यर्थ हुनेछ, हाम्रो पिडामा ।

एनआरएन अमेरिकाले नगरेको केही पनि भने होईन । तर कम भयो भने चाँही पक्कै हो । खोज्ने हो भने सयौं समस्याहरु छन । एनआरएनए अमेरिकाका महत्वकांक्षी अध्यक्ष सुनील साह सुते भनेको होईन । तर उनी उठ्न केही ढिला भयो भन्ने चाँही हो ।

तमाम समस्याहरुका बाबजुद एनआरएनए अमेरिकाले आईसीसीलाई दिएको १० हजार डलर भने आफ्नो किचेनमा पकाउने च्यांख्ला छैन, छिमेकीको छोरीको बिहेमा तामाको ताउलो दाईजो दिएको जस्ताइ हो भन्ने लाग्छ ।

गौरी जोशीहरुले दिएको ४५ लाख शुन्य तर एनसिसी अमेरिकाले दिएको १० लाख मात्र पुण्य भने कहानी भने लायकी भएन भन्ने आशय हो ।

मेरो मनको बुझाई !
सुरक्षित रहनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']