२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा एकै दिन २ सय २६ लाई देखियो कोरोना संक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ १९ गते १५:१६

काठमाडौँ  –  सोमबार  थप दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय १३ जना पुरुष र १३ जना महिला गरी जम्मा दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.देवकोटाले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १८ जना र कपिलवस्तुका दुई जना गरी जम्मा २० जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका सात जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका नौ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका सात जना, कपिलवस्तुका ३८ जना, महोत्तरीका दुई जना, मकवानपुरका एक जना, सर्लाहीका ३८ जना, सिराहाका पाँच जना र उदयपुरका एक जना गरी जम्मा ९२ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १४ जना, अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक÷एक जना गरी जम्मा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी कावासोतीका दुई जना र विनय त्रिवेणीका एक जना गरी जम्मा तीन जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ जना र जुम्लाका १९ जना गरी जम्मा ४३ जना, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १७ जना सल्यानका १० जना र सुर्खेतका पाँच जना गरी जम्मा ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ५९ जिल्लाका एक हजार छ सय ६७ जना पुरुष र एक सय ३१ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।यसै गरी आज थप एक जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय २१ जना उपचारपछि निको भई घर फर्किएका छन् ।आज डडेलधुराका २८ वर्षीय पुरुष उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।हालसम्म एक सय ७३ जना पुरुष र ४८ जना महिला कोरोना भाइरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *