२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपालमा संक्रमितको संख्या २ हजार नाघ्यो, के गर्दै छ सरकार ?

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २० गते १५:१७

काठमाडौँ – मंगलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  थप दुई सय ७० जना पुरुष र १८ जना महिला गरी जम्मा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जा चापाकोटका पाँच जना र पर्वतका पाँच जना गरी जम्मा १० जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १७ जना र बर्दियाका तीन जना गरी जम्मा २० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यसै गरी प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २७ जना, दैलेखका नौ जना, सल्यानका १८ जना र अछामका १० जना गरी जम्मा ६४ जना, हेटौडा किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १० जना र कञ्चनपुरका आठ जना गरी जम्मा १८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका चार जना, भक्तपुरका एक जना, धनुषाका छ जना, महोत्तरीका दुई जना, रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिराहाका १७ जना, कपिलवस्तुका १६ जना, धादिङका एक जना, नवलपरासीका दुई जना, रुपन्देहीका १० जना र नुवाकोटका दुई जना गरी जम्मा एक सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।नेपालमा हालसम्म ६१ जिल्लाका एक हजार नौ सय ४९ जना पुरुष र एक सय ५० जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।यसै गरी आज थप ४५ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय ६६ जना उपचारपछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटाले आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १७ जना र सुनसरीका एक जना गरी जम्मा १८ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट मकवानपुरका एक जना, गुल्मी अस्पतालबाट गुल्मीका एक जना, भिमदत्त अस्पताल कञ्चनपुरबाट रुपन्देहीका १६ जना र कपिलवस्तुका नौ जना गरी जम्मा २५ जना उपचारपछि निको भई आज घर फर्किएको जानकारी दिनुभयो ।हालसम्म दुई सय १२ जना पुरुष र ५४ जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

मुलुकमा कोरना  संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गए पनि सरकारले यसको रोकथाम र नियन्त्रणका लागि खासै पहल गर्न नसकेको आरोप लागेको छ । विशेस  गरि भारतबाट ठुलो संख्यामा नेपाली भित्रिए संगै सक्रमणको दर बढेको हो । फर्किएकाहरुलाई राख्न आबश्यक      क्वारेन्टाइनको संख्या कम र यसबाट झन् संक्रमनको जोखिम बढ्दै जाँदा सरकारलाई  थप  चुनौती भएको छ ।   यता  जारी   बन्दा बन्दी  यहि  ३२ गती सम्म पुर्याएको  सरकारको चौतर्फी बिरोध भएको छ ।   लामो बन्द बन्दि  अब कहिले सम्म जाने   निश्चित नहुदा  बिसेषगरि निजि क्षेत्र प्रताडित बनेको छ ।   बन्दा बन्दिको    स्वरूप परिबर्तन  गर्न सरकारले  छलफल अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *