२०८१ वैशाख १४ गते | 26th of April 2024

लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २० गते १५:३७

काठमाडौँ  – निजी क्षेत्र  सहितको दबाब पछि  सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो। उनीहरुले  लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजारीकरणमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै व्यवसायीले लकडाउन खुकुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको बताइन्।

उनले जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन आफुहरुले सुझाव दिएको र समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिसंग छलफल गरि निर्णय लिने आवश्वास दिएको बताइन्।

त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायतले जोखिम मुल्यांकन गरेर सुरक्षित क्षेत्र र समय छुट्याएर लडाउन खुल्ला गरि उद्योगधन्दा संञ्चालनको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *