२०८१ वैशाख १३ गते | 25th of April 2024

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो , संक्रमित २३ सय पुगे

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २१ गते १४:१६

काठमाडौँ –  नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दोलखाका ७६ वर्षीय पुरुषको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या नौ पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक व्यक्ति यही ज्येष्ठ १३ गते मस्तिष्क घात भई काठमाडौँ मेडिकल कलेजमा भर्ना हुनुभएकोमा ज्येष्ठ १५ गते स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि त्रि वि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो ।यसै गरी आज थप दुई सय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय पुगेको छ ।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप एक सय ७९ जना पुरुष र २२ जना महिला गरी जम्मा दुई सय एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका एक जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका सात जना, ताप्लेजुङका तीन जना, झापा, पाँचथर, र सप्तरीका एक /एक जना गरी कुल १३ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जना, सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा सल्यानका दुई जना र दैलेखका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।यसै गरी कोसी अस्पतालमा गरिएको परीक्षणमा मोरङका दुई जना, झापा, तेह्रथुम र सुनसरीका एक÷एक जना गरी जम्मा पाँच जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका तीन जना र डोटीका दुई जना गरी जम्मा पाँच जना, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ६७ जना, रुपन्देहीका २६ जना र पाल्पाका दुई जना गरी जम्मा ९५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको सात जना र दैलेखका छ जना गरी जम्मा १३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा जनकपुरका नौ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका पाँच जना, प्युठानका दुई जना र सल्यानका एक जना गरी जम्मा आठ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका दुई जना, काठमाडौँका तीन जना, नवलपरासीका आठ जना, रौतहटका ११ जना सर्लाहीका १५ जना, तथा धनुषा रुपन्देही र सिन्धुपाल्चोकका एक÷एक जना गरी जम्मा ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।नेपालमा हालसम्म ६४ जिल्लाका दुई हजार एक सय ३० जना पुरुष र एक सय ७० जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप १२ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय ७८ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटाले आज जनकपुर अस्पताल बाट पाँच जना, टेकु अस्पताल काठमाडौँबाट एक जना, युनिफाईड कोभिड–१९ अस्पताल बलम्बुबाट एक जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट पाँच जना कोरोना मुक्त भई घर फर्किएको जानकारी दिनुभयो ।हालसम्म दुई सय २२ जना पुरुष र ५६ जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *