२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

आरडिटि परीक्षणमा सङ्क्रमण नदेखिएपछि घर फर्किएका युवकको सोही दिन मृत्यु, पिसिआर परीक्षणमा सङ्क्रमण पुष्टि

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २३ गते १४:५४

काठमाडौँ  –  नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हिजो २२ गते मृत्यु भएका सुर्खेतका २८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि मृतकको सङ्ख्या ११ पुगेको जानकारी दिनुभयो ।प्रवक्ता डा.देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक पुरुष यही जेठ ८ गते भारतबाट फर्किएर १४ दिनसम्म स्थानीय क्वारेनटाइनमा बसेका थिए ।

क्वारेन्टाईनमा रहँदासम्म सङ्क्रमणको कुनै लक्षण नदेखिएको र आरडिटि परीक्षणमा समेत सङ्क्रमण नदेखिएपछि घर फर्किएको र सोही दिन मृत्यु भएपछि पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।यसै गरी आज थप दुई सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय १२ पुगेको छ ।मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका आठ जना, मोरङका छ र झापाका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही सैनामैनाका १८ जना, नवलपरासीका दुई जना, अर्घाखाँची र पाल्पाका एक÷एक जना, किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली र बाराका दुई÷दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १३ जना, भोजपुरका पाँच जना र झापाका एक जना, सेती अस्पतालमा गरिएका परीक्षणमा कैलालीका चार जना, डडेलधुराका पाँच जना, अछाम र बझाङका एक÷एक जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षण रामेछापका १७ जना र काभ्रेका पाँच जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण दैलेखका ९० जना, जुम्लाका तीन जना, तथा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ र सुर्खेतका एक÷एक जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, रौतहटका छ जना, धनुषाका चार जना तथा कास्की, गुल्मी र बाराका एक ÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।नेपालमा हालसम्म ६८ जिल्लाका दुई हजार सात सय १७ जना पुरुष र एक सय ९५ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप ४३ जना उपचारपछि निको भई डिस्चार्ज भएसङै हालसम्म जम्मा तीन सय ३३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना, कोसी अस्पताल विराटनगरबाट २७ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पताल बाट १३ जना गरी जम्मा ४३ जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।हालसम्म दुई सय ७२ जना पुरुष र ६१ जना महिला कोरोना भाइरसको सङ्क्रमण मुक्त भई घर फर्किएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']