२०८१ वैशाख १२ गते | 24th of April 2024

महासचिव नेम्बाङको पहलमा जनसम्पर्क समिति अमेरिकाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २४ गते ५:५९

न्यूयोर्क  –  जनसम्पर्क समिति अमेरिकाको सरकारी सहयोग तथा श्रोत परिचालन समिति न्यूयोर्कको टाक्सफोर्सद्वारा महासचिव एवं कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति अमेरिकाका संयोजक मुनिन्द्र नेम्बाङको पहलमा न्यूयोर्कमा कृयाशील विभिन्न १५ वटा संघसंस्थालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।

कोभिड -१९ ले अक्रान्त बनाएको न्यूयोर्कमा, जतिवेला महामरीबाट बच्नको लागि नेपाली समुदायलाई माक्स, सेनिटाइजर, ग्लोप्स, थर्ममिटर , टायनल जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरू बजारमा पाउन गाह्रो भइरहेको थियो । कोरोना भाइरसबाट संक्रमित नेपालीले स्वास्थ्य सामग्रीहरू नपाएर न्यूयोर्कमा छटपट्टिरहेका थिए । त्यहीवेला देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको टाक्स फोर्सले कोरोनाको अक्रान्तबाट नेपाली समुदायलाई जोगाउन, विभिन्न संघसंस्था मार्फत तथा व्यक्तिगत तवरले समेत समुदायका संक्रमित सदस्यहरूले पाउने गरी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले बताएका छन् ।

पुरै अमेरिका लकडाउनले बन्द भएको वेलामा, अमेरिकि सरकारले दिएको निर्देशनलाई पालना गर्दै, बडो मुस्किलले स्वास्थ्य सामग्रीहरू नेपाली समुदाय सम्म वितरण गरेको बताउदै, महासचिव नेम्बाङले अमेरिका भरीका शुभेच्छुक सहयोगी दाताहरूबाट प्राप्त स्वास्थ्य सामग्री टाक्स फोर्स र जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा वितरण कार्य सम्भव भएको बताएका छन् ।

गत अप्रिल महिनाको२१ तारिख देखि शुरु गरिएको राहत वितरण कार्यक्रम मे महिनाको ३१ तारिख २०२० मा अभियान सम्पन्न भएको बताउदै, महासचिव नेम्बाङले न्यूयोर्क लगायत अन्य च्याप्टरहरूको टाक्सफोर्सबाट संचालित स्वास्थ्य सामग्री वितरण अभियन कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरू, कार्यसमितिका साथिहरु, सहयोगी दाताहरू, सामाजिक अभियन्ता, स्वंयेम सेवक मित्रहरू, पत्रकार साथिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, नागरिक समाज र आम नेपाली समुदायलाई आभार प्रकट गर्दै, धेरै धन्यवाद व्यक्त गरेको छ ।

न्युयोर्क टाक्स फोर्स समितिले १५ वटा विभिन्न संस्था मार्फत र १२० परिवारलाई व्यक्तिगत तवरले गरेर हाल सम्म जम्मा -८,७०० थान सर्जिकल माक्स, १६६४थान हेण्ड सेनिटाइजर , १७,१०० थान हेण्ड ग्लोप्स, १०० थान थर्ममिटर र २५० थान KN ९५ माक्स नेपाली समुदायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *