२०८१ वैशाख २९ गते | 11th of May 2024

मुलुकको ७० जिल्लाका ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिलामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २४ गते १३:३९

काठमाडौँ -नेपालमा कोरोना भाईरसको संक्रमण पछि मृत्यु हुनेको सख्या १३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीका ५५ वर्षीय महिला कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या १३ पुगेको जानकारी दिनुभयो ।प्रवक्ता डा देवकोटाले डोल्पा जिल्ला जगदुल्ला गाउपालिकाका ५८ वर्षिय पुरुष यही जेठ १६ गते सुर्खेत बाट धनगढी गएर क्वारेन्टाईनमा बसेको र बसेको अवस्थामा यही जेठ २० गते मृत्यु भएको जानकारी दिनुभयो ।यसैगरी धनगढीका ५५ वर्षिय महिलाको हिजो विहान सेती अस्पतालमा मृगौलाको डायलेसिसका क्रममा मृत्यू भएको र आज पिसिआर परीक्षणको नतिजामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।यसैगरी आज थप ३ सय २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण पुष्टि भएको जनकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौका ३ जना, भक्तपुरका १ जना, धनुषाका ८ जना, कपिलवस्तुका ३९ जना, महोत्तरीका ३५ जना, रौतहटका ६ जना र सलाहीका २७ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका २८ जना र बाँकेका १२ जना, प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, स्याङ्जाका १० जना र बागलुङका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यसैगरी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ७ जना र सुनसरीका १ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा बझाङका ६ जना, काठमाडौ स्थायी ठेगाना भई हाल कञ्चनपुरमा रहेका २ जना, कैलालीका २ जना र डडेलधुरा, कञ्चनपुर तथा अछामका १–१ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ४३ जना र डोल्पाका १ जना, सुर्खेत प्रादेशिक अस्पताल पशुपंछि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३८ जना, सुर्खेतका १० जना तथा जाजरकोट र दैलेखका ४–४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणम मोरङका २ जना र सुनसरीका ४ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १ जना, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ३ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ११ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना र अर्घाखाँचीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हाल सम्म ७० जिल्लाका ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिलामा संक्रमण पुष्टि भएको छ ।यसैगरी आज थप ३२ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म जम्मा ३ सय ६५ जना उपचार पछि निको भई घर फर्किएका छन् ।जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोईराला प्रखर क्यान्सर अस्पतालबाट ४ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पतालबाट ७ जना कोरोना संक्रमण मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।

आज संक्रमण मुक्त भई घर फर्किर्नेमा २७ जना पुरुष र ५ जना महिला रहेका छन् भने हाल सम्म २ सय ९९ जना पुरुष र ६६ जना महिला संक्रमण मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *