२०८१ वैशाख ७ गते | 19th of April 2024

बजारमा जन्मदिनको शुभकामना !

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २५ गते ३:१६

सान-फ्रान्ससिस्को – नेपाली भाषामा जन्मदिनको शुभकामना गीत बजारमा आएको छ । नेपाली समाजमा जन्मदिन मनाउने प्रचलन बढेपछी द भाइभ्ज व्यान्डले नेपाली भाषामै जन्मदिनको शुभकामना गीत निकालेको हो ।

गीतमा तेज विनोदको शब्द रहेको छ भने संगीत रोहित क्षेत्रीले दिएका छन् ।

द भाइभ्ज व्याण्डका प्रयिन सिंहका अनुशार कोरोना कहरको समयमा मानिसहरु जम्मा भएर जन्मदिनको शुभकामना साटासाट गर्न नपाएको अवस्थामा आफूहरुले शुभकामना गीत निकालेर नेपालीहरुलाई खुशी दिएको बताएका छन् । करिब तीन महिना पहिले रेकर्ड गरिएको यो गीत शुरुमा व्यक्तिगत रुपमा सामाजिक संजालमा राखिएको थियो । दर्शको सकारात्मक प्रतिक्रिया आउन थालेपछि अहिले यो गीत युट्युवमा समेत राखिएको छ ।

नेपाली भाषामा जन्मदिनको शुभकामना दिन सहज भएको दर्शक स्रोताहरुको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *