२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

लिसेस्टरलाई प्रिमियर लिग जिताएको ९ महिना नवित्दै प्रशिक्षक रिनेरी बर्खास्त

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १३ गते ६:२५

१३ फागुन, काठमाडौं । लिसेस्टर सिटीलाई ऐतिहासिक रुपमा इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका लिसेस्टर सिटीका मूख्य प्रशिक्षक क्लाउडियो रिनेरी ९ महिना नवित्दै बर्खास्तीमा परेका छन् ।

प्रिमियर लिगको साविब बिजेता लिसेस्टर जारी सिजन रेलिगेसन जोनबाट मात्र अंकले अगाडि छ ।

‘क्लव बोर्ड पनि नेतृत्वमा बदलाव हुनुमा राम्रो मान्दैन र यो निक्कै पीडायुक्त काम पनि हो । तर क्लवको हित नै अहिलेको मूख्य आवश्यकता हो ।’ लिसेस्टरको बक्तव्यमा भनिएको छ ।

लिगको सुरुमा ५०००-१ को बेटिङ रेटमा परेको लिसेस्टरलाई ६५ बर्षीय रिनेरीले चामत्कारिक रुपमा प्रिमियर लिगको उपाधि जिताएका थिए ।

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा सेभियासँग २-१ ले पराजित भएको २४ घण्टा नवित्दै रिनेरी बर्खास्तीमा परेका हुन् ।

लिसेस्टरले गत सिजन १० अंकको अग्रताका साथ लिग जितेको थियो । तर यस सिजन भने उसले पाँच खेलमा मात्र जित हासिल गरेको छ र सन् १९३८ पनि साविक बिजेता रेलिगेशनमा पर्ने नकारात्मक कीर्तिमानको संभावनाबाट पनि उ नजिक छ ।

लिसेस्टरले लिगमा पछिल्ला पाँचै खेलमा पराजय ब्यहोरेको छ ।

‘निःसन्देह उनी लिसेस्टरका अहिलेसम्मकै सबैभन्दा सफल प्रशिक्षक हुन् ।’ क्लवको बिज्ञप्तिमा भनिएको छ, ‘यद्यपी क्लवको अहिलेको नतिजाले प्रिमियर लिगमा हाम्रो हैसियदमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।’

एक महिनाअघि सम्म लिसेस्टरले यी इटालियन प्रशिक्षकलाई आँखा चिम्लेस समर्थन गरिरहेको थियो । २०१५ को जुलाइमा लिसेस्टर आएका उनले २०१६ को अगष्टमा क्लवसँग चार बर्षे नयाँ सम्झौता गरेका थिए ।

रेलिगेसनको खतरा जोगाउन संघर्षरत लिसेस्टरले आगामी साता लिभरपुललाई स्वागत गर्दैछ । यस्तोमा नियमित प्रशिक्षक नहुँदा क्लवले के गर्ला यो चासोको बिषय बनेको छ ।

नयाँ प्रशिक्षक नियुक्त नभएसम्म क्लवका असिस्टेन्ट म्यानेजर क्रिग स्नेकपेयर र फ्रष्ट टिम कोच माइक स्टोवेलले प्रशिक्षकको जिम्मेबारी संहाल्नेछन् ।

रिनेरीलाई हटाउने लिसेस्टरको निर्णयलाई इंग्लिस फुटबलमा दख्खल राख्ने सबैले ‘आश्चर्यपूर्ण’ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']