२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ४८ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २५ गते १५:३३

काठमाडौँ – आइतबार  थप दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ४८ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा  थप दुई सय नौ जना पुरुष र चार जना महिलामा सङ्क्रमण पुष्टि भएको जनकारी दिनुभयो ।प्रवक्ता डा.विकास देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हालसम्म ७१ जिल्लाका तीन हजार दुई सय १२ जना पुरुष र दुई सय ३६ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आईतबार  थप एक सय दुई जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल सङ्ख्या चार सय ६७ पुगेको छ ।मन्त्रालयका अनुसार  थप दुई जना महिला र एक सय जना पुरुष कोरोना मुक्त भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १२ जना, कैलाली अस्पतालबाट बाराका ३४ जना, युनिफाईड कोभिड–१९ अस्पताल बलम्बुबाट महोत्तरीका एक जना, कोरोना आइसोलेसन सेन्टर बुटवलबाट रुपन्देही र कपिलवस्तुका २७ जना, कोरोना विशेष अस्पताल दाङबाट बाँके कपिलवस्तु र दाङका १० जना, गौर नर्सिङ अस्पतालबाट रौतहटका १८ जना कोरोना मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *