२०८१ वैशाख १३ गते | 25th of April 2024

कोरोना महामारीसंग लड्न युएनडिपी नेपालको जिविका सुधार कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २८ गते १५:३२

काठमाडौँ – नेपाल स्थीत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले कमजोर र जोखिमयुक्त समुदायलाई लक्षित गरी कोरोना भाइरस महामारीसँग लड्न जिविका सुधार कार्यक्रम सुरु गरेको छ ।
स्थानीय सरकारसँगको साझेदारी कार्यक्रम अन्तर्गतको पहिलो चरणमा दैनिक ज्यालादारी र आप्रवासी कामदार गरी २ हजार भन्दा बढी महिला र पुरुषलाई रोजगारी दिइने छ । यसैगरी कार्यक्रम  अन्तर्गत   ६ सय भन्दा बढी साना उद्योगहरु खोल्न सिप र प्रविधिमा सहयोग पनि प्रडान गरिने जनाईएको छ । उक्त परियोजना सुदुरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशका कोरोना भाइरसबाट बढी प्रभावित ठाँउहरुमा संचालनमा ल्याइने राष्ट्रसंघको विकास कार्यक्रमले जनाएको छ ।
कार्यक्रम अन्तर्गत पुनस्र्थापना, पूर्वाधार निर्माण, समुदायको सशक्तिकरण, सिँचाई , खानेपानी र ग्रामीण सडक लगायतलाई प्राथमिकता दिएको राष्ट्रसंघीय विकास कार्यक्रम नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *