२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालको रणनीतिक सडक आयोजनाका लागि बिश्व बैंकको ४५ करोड अमेरिकी डलर ऋण सहायता

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २९ गते ११:११

काठमाडौं –  विश्व बैंकले नेपाललाई सडक पूर्वाधार निर्माणमा खर्च गर्ने गरी  ५४ अर्ब २८ करोड रुपैयाँ (४५ करोड अमेरिकी डलर) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

विभिन्न सडक पूर्वाधारको स्तरोन्नतीबाट सुरक्षित यातायातको विकास, थप रोजगारी सिर्जना र अन्तरदेशीय व्यापारका माध्यमबाट कोभिड १९ले अर्थतन्त्रमा पारेको असर न्यूनिकरणमा यो सहायता उपयोगी हुने विश्वास विश्व बैंकको रहेको छ । यो रकम नेपालको रणनीतिक सडक आयोजनामा खर्च हुने भएको छ ।  उक्त  रकम विश्व बैंकको बोर्डले ऋण स्वीकृति गरेको हो ।नागढु्रंगा-नौबिसे-मुग्लिङ सडक सुधार, कमला-ढल्केवर-पथलैया सडक आयोजनाको स्तरोन्नतिमा यो रकम उपयोग गरिने भएको छ ।यसले भारतसँगको नेपालको सडक संजाल मजवुत गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *