२०८१ वैशाख १४ गते | 26th of April 2024

कुबेतबाट ३ सय नेपाली स्वदेश फर्किए, उनीहरुको  चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २९ गते ११:३४

काठमाडौँ – विभिन्न मुलुकबाट नेपाली नागरिक फर्कने क्रममा  बिहिबार  कुवेतबाट पहिलो फ्लाइटमा जना १५० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् ।
कुवेतको जजिरा एयरलायन्सको पहिलो जहाजमा नेपाली नागरिक आएका हुन् । अहिले आएका सबै जना महिला रहेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिनुभएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे अवतरण भएको हो ।
उनीहरुको  चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।
आजै दोश्रो   फ्लाइटमा  १४९ जना महिला कुवेतबाट स्वदेश फर्किएका  छन् ।
कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कने तय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *