२०८१ वैशाख १३ गते | 25th of April 2024

पत्रकार चापागाईं एनआरएनए, अमेरिकाको संचार संयोजकमा नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २९ गते १४:५७

अमेरिका – पत्रकार सतिश चापागाईं एनआरएनए, अमेरिकाको संचार संयोजकमा नियुक्त भएका छन । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंलाई एनआरएनए अमेरिकाले संचार विभागको संयोजकको भूमिकामा नियुक्त गरेको जनाएको छ । एनआरएनए अमेरिकाका गतिबिधिलाई ब्यबस्थित रुपमा आम सदस्य र सर्बसाधारण समक्ष पुर्याउन सहयोग पुगोस भने उद्देश्यले पत्रकार चापागाईंलाई यो जिम्मा प्रदान गरेको एनआरएन अमेरिकाका अध्यक्ष सुनील साहले बताए ।

नेपाल प्रेस युनियनका पुर्ब केन्द्रिय उपाध्यक्ष, नेपाल पत्रकार महासंघ पाल्पामा बिभिन्न जिम्मेवारी, नेपालमा लामो समय बिभिन्न पत्रिकामा सम्पादक र बिभिन्न एफएमहरुमा स्टेशन म्यानेजरको जिम्मेवारी बहन गरिसकेका चापागाईं कार्यक्रम ‘जोग-संयोग’ का प्रस्तोता पनि हुन । ‘यो अवसरका लागि एनआरएनए अमेरिकाको सिंगो कार्यसमितिलाई धन्यवाद दिदै संस्थाको संस्थागत विकासमा संचारको क्षेत्रबाट गर्नुपर्ने सहयोग रचनात्मक रुपमा गर्नेछु’, चापागाईंले बताए । एनआरएनएका नवनियुक्त संचार नवनियुक्त संयोजक चापागाईंजीलाई हार्दिक बधाई तथा शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *