२०८१ वैशाख ११ गते | 23rd of April 2024

बाईडेनको समर्थनमा नेपालीहरुको भर्चुअल बैठक सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ २९ गते १९:४७

लस एन्जलस – डेमोक्र्याटिक पार्टीको तर्फबाट सन् २०२० को लागि राष्ट्रपति पदका उम्मेदवार जो बाईडेनको समर्थनमा संयुक्त राज्य अमेरिकाभरका नेपाली अमेरिकीहरूको सहभागीतामा भर्चुअल बैठक सम्पन्न भएको छ । अमेरिकामा सकृय शिक्षाविद्, स्वास्थ्यकर्मी, ईन्जिनियर, व्यवसायी, राजनितीकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रसंग सम्बन्धित नेपालीहरुको सामुदायिक कार्यकर्ताहरू सम्मिलित बैठकले अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनका उम्मेदवार बाईडेनको समर्थनमा ईच्छुक नेपालीहरुलाई एक प्लेटफर्ममा ल्याउन सहयोग पुर्याएको छ ।

बैठकमा बोल्दै मेरील्याण्ड जनरल एसेम्बलीका राज्य प्रतिनिधि ह्यारी भण्डारीले नेपालीहरुलाई बाईडेनको समर्थनलाई आधारशिला बनाएर स्थानीय मूलधारको राजनीतिक गतिविधिमा भाग लिन आग्रह गरे । महावाणिज्यदुत ॠषी ढकालले नेपालीहरुको यो एकताको सराहाना गर्दै आबश्यक सहयोगका लागि नेपालीहरु सदैव एक हुनु जरुरी रहेको बताए ।

क्यालिफोर्निया डेमोक्र्याटिक पार्टीको एशियन प्यासिफिक आईल्यान्डर (एपीआई) काकस अध्यक्ष र काउन्सिलमेम्बर अफ आर्टेशिया मेलिसा रामोसोले कालो र खैरो लगायत सबै व्यक्तिहरूको लागि समानता र न्याय सुनिश्चित गर्न बाईडेनलाई सहयोग गर्न एसियाली समुदायहरूलाई प्रोत्साहित गरे।

पत्रकार तथा प्रोफेसर रामेश्वर भन्डारीको संयोजनमा सम्भवत पहिलोपटक लस एन्जलसबाट कार्यक्रमको संचालन भएक्को थियो । ‘म आप्रवासी र अल्पसंख्यकको अधिकारको संरक्षण अभियानमा सहभागी हुन चाहान्छु, भण्डारीले बैठकको शुरुवातमा बताए । ‘हामी भविष्यमा अमेरिकाभरका बढी नेपाली समुदाय सम्म पुग्न प्रयास गर्नेछौं’ भन्दै भण्डारीले भने, ‘हामी कुनै संघ-संस्था गठन गरिरहेका छैनौं, हाम्रो समुदायका सदस्यहरूलाई परिचालन गर्नको लागि केवल एक अर्काको विचारहरू साटासाट गरिरहेका छौं ।’

जम्मा ८५ जनाले बैठकमा सहभागी हुन जानकारीमा आएपनि गरेकोमा ५२ जना बैठकमा सहभागीता जनाए । आगामी बैठक जुन २७ तारिखमा गर्ने समेत सो बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *