२०८१ वैशाख १५ गते | 27th of April 2024

संयुक्त राष्ट्रसंघको आर्थिक तथा वित्तीय समिति (दोस्रो)को अध्यक्षमा अमृतबहादुर राई निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ३० गते १३:२३

काठमाडौँ – नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा वित्तीय समिति (दोस्रो)को अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको छ । नेपालका तर्फबाट राष्ट्र संघका स्थायी प्रतिनिधि रहनु भएका अमृतबहादुर राई सो पदमा निर्वाचित हुनुभएको हो ।

संयुक्त राष्ट्रसंघको अमेरिकाकाे न्यूयोर्कमा जारी महासभाको ७५ औँ सत्र अन्तर्गत भएको निर्वाचनमा उहाँ आर्थिक तथा वित्तीय समितिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । बिहीबार भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको परराष्ट्र मन्त्रालयका सहसचिव निर्मल काफ्लेले जानकारी दिनुभयो ।

यो समिति संयुक्त राष्ट्र संघको ६ वटा मुख्य समितिमध्ये एक हो । त्यसमध्ये दोस्रो समितिमा नेपालले नेतृत्वको मौका पाएको हो । यसले विशेष गरि विश्वको समग्र अन्तर्राष्ट्रिय विकाससँग जोडिएका विविध गतिविधिसँग सम्बन्धित रहेर काम गर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *