२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएनए, अमेरिकाद्धारा महिलाहरूको लागी हटलाइन सेवा शुरु

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ३१ गते १५:५९

सरस्वती शर्मा (सरु)/अमेरिका – गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सङ्कटमा परेका अमेरिका बासी आम नेपाली महिलाहरूको लागी हटलाइन सेवा सुरु गरेको छ । कुनै पनि आपतकालिन सेवा र परामर्श तथा घरेलु हिंसा एवम उद्दारका लागी अब २४ घण्टा नै खुल्ला रहने गरेर ८४४ ६७६ २८७२ टेलिफोन नम्बर बाट सेवा सुचारु गरेको हो । साथै निश्चित कानुनी उपचार, र तत्काल राहत एवम अन्य सेवाको लागी पीडितलाई सम्बन्धित निकाय सम्म पु¥याउने र केही निःशुल्क परामर्श र कानुनी प्रावधानका लागि पहल समेत गरिने जानकारी एनआरएनए एनसिसि युएसएकी महिला सँयोजक दिक्षा बस्नेतले दिनुभएको छ ।

फोन गर्ने प्रक्रियामा माथि उल्लेखित नम्बर डायल गरेपछि प्राप्त निर्देशन अनुसार महिलाका मुद्दा र परामर्शका लागी एक्सटेन्सन ७०० मा थिच्नु पर्ने हुन्छ । महिलाहरुको समस्या र समाधानका लागी संस्थाको तर्फबाट भरपुर पहल गर्ने प्रतिबद्धताका साथ यो सेवा सुरु गरिएको एनआरएनए एनसिसि युएसएले जनाएको छ । प्रवासमा कोही पनि नेपाली महिला अन्याय अत्याचार, दुरब्यबहार र हिंसाको शिकार नबनुन् भन्ने उद्देश्यले हेल्पडेस्क मार्फत विशेष पहल गर्दै समस्या समाधान गरिने छ ।

विशेष गरी कोभिड १९ र लामो समयको लकडाउनले महिलाहरूमा झनै हिंसा बढेको र धेरैमा उदासीन पैदा भएको महशुस भएर नै हिसाँ मुक्त गराउन पहलका लागि गैर आवासीय नेपाली सङ्घ वोमन पार्टिसिपेसन एण्ड ईम्पावरमेन्ट कमिटिले यो कदम चलाएको महिला सँयोजक बस्नेतले बताउनुभयो । यस हटलाईन मार्फत सम्पर्कमा आउने महिलाहरुको व्यक्तिगत जानकारी बाहिर नल्याईकन समस्या समाधान गर्न पहल गरीने छ । एनआरएनए अमेरिकाको व्यवस्थापन र वोमन पार्टिसिपेसन एण्ड ईम्पावरमेन्ट कमिटिको यस प्रयासले धेरै महिलाहरुले आफ्नो समस्या बिना कुनै झन्झट राख्नु हुनेछ भन्नेमा सँघ बिस्वस्त रहेको छ । अमेरिकामा बिशेष गरेर बिधार्थीहरु बिभिन्न कारण दुरव्यवहार र हिँसाको शिकार बन्नु पुगेका छन् भने उनिहरुले अव उनिहरुले राहत महशुस गर्ने छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *