२०८१ वैशाख ७ गते | 19th of April 2024

अब कोभिड–१९ को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ३२ गते १४:३६

काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।
पीसीआर टेस्टका लागि सङ्कलित नमूना आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिइएका पीसीआर टेस्टका नमुनाहरू अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ उहाँले बताउनुभयो ।
त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रवत्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउनुहुँदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध सङ्घसंस्था र स्थानीय निकाय, घरपेटीहरूमा आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य सामग्रीको उचित समयमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सकेसम्म घरबाहिर नआउन र यात्रा नगर्न आग्रह गर्नुभयो ।
प्रवक्ता गौतमले व्यक्तिगत सुरक्षा र सावधनीपूर्वक यात्रा गरेर सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा बस्न र नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्ने सुझाव दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *