२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार नाघ्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १ गते १५:२५

काठमाडौँ – नेपालमा थप ४५१  जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार २११ पुगेको छ । उनीहरूमध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेकाे साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र सात महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ४१ पुगेको छ । तीमध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।यस्तै, लम्कीचुहा नगरपालिकामा रहेकाे क्वारेन्टाइनमा भएकाे सामूहिक बलात्कारमा स्वास्थ्यकर्मीहरू सम्लग्न भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूलाई कडा कारबाही गर्ने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *