२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गरिने : भारतीय रक्षामन्त्री राजनाथ सिंह

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १ गते १५:४५

काठमाडौँ –   भारतले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने  जनाएको  छ । उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै  भारतका रक्षामन्त्री राजनाथ सिंहले   मैत्रीपूर्ण ढङ्गबाट  सीमा बिबाद   समाधान  गर्ने   बताएका हुन्   । उनले भने  “नेपालसँग हाम्रो केबल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्र हैन आध्यात्मिक सम्बन्ध पनि छ । भारत नेपालबीच सीमाको विषयमा जुन भ्रमको स्थिति बनेको छ, एक आपसमा मिलेर बसेर बातचितको माध्यमबाट समस्याको हल गर्नेछौँ’,  ।

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा अद्यावधिक गरिसकेपछि पछिल्लो समय भारत सरकारमा निकै ठूलो दबाव सिर्जना भएको छ । भारत देशभित्रै नेपाल भारत सम्बधलाई लिएर दुईमतको सिर्जना भइरहेको छ । नेपालको नयाँ नक्सा भारतलाई मान्य नहुने प्रतिक्रिया केही दिन अघि विदेश मन्त्रालयका प्रवक्ताले  दिएका थिए । तर मन्त्री सिंहले   त्यहाँ बनेको सडक अझै पनि भारतकै भूमिमा बनेको दाबी गरे   । रक्षामन्त्री सिंहले त्यहाँको बाटोको उद्घाटन गरेपछि नेपालले आफ्नो भूमिको सहितको नक्सा अद्यावधिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *