२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएनए, अमेरिकाको नवौं बार्षिक साधारण सभा जुलाई ४ र ५ मा

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २ गते ५:५३

सरस्वती शर्मा सरु – अमेरिका – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको नवौं बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० जुलाई ४ र ५ मा हुने भएको छ । एनआरएनए एनसीसी अमेरिकाका महासचिव पशुपति पाण्डेका अनुसार नवौं बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन अन्लाईन मार्फत हुने भएको हो । कोभिड १९ को महामारी कारण अहिलेको समयमा सभा, सम्मेलन, यात्रा लगायतका कार्य गर्न असहज हुने भएकाले यस अवस्थालाई मध्यनजर गर्दै यस पटकको साधारण सभा अन्लाईन बाट गर्न लागिएको महासचिव पाण्डेले जानकारी दिनु भएको छ ।

साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० लाई ब्यबस्थित बनाउन बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेलाई कन्भेनरमा मनोनयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष तथा ९ औं बार्षिक साधारण सभाका कन्भेनर डा. अर्जुन बन्जाडेले बार्षिक साधारण सभा र नेशनल नलेज कन्भेन्शन २०२० को काम तदारुकताका साथ भईरहेको बताउनुभएको छ । अनलाइनबाट हुने उक्त साधारण सभालाई उदघाटन सत्र, नलेज कन्फरेन्स सत्र र संस्थाको बिधान, नीति नियम र ब्यबहारिक पक्षको सुधारका बारेमा गरेर तिन चरणमा गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।“ सबै साथीहरु कन्भेन्सनलाई केन्द्रमा राखेर आ आफ्नो ठाउंबाट सक्रिय हुनुभएको छ , उहाले भन्नुभयो ।

यो कन्भेन्सन गत डिसेम्बरमा बाल्टिमोरमा सम्पन्न साधारणसभा पछिको बैठकले निर्णय गरेको थियो । कोलोराडोमा भब्य रुपमा साधारणसभा गर्ने निर्णय भएपनि परिस्थितिले साथ नदिएकोले अन्लाईन गर्न लागेको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साहले जानकारी दिनुभयो । यो समयलाई परिस्थिले दिएको नयाँ अवसर सोचेर सबै मिलेर भब्य साधारण सभा बनाउन साहले सबैसंग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *