1

कोरोना सङ्क्रमितहरू भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता

41 पटक पढिएको

बेइजिङ -चीनले केन्द्रीय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागिएको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना सङ्क्रमितहरू भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द गरिएका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार करिब एक हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन् ।
बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना सङ्क्रमित भेटिएपछि सरकारी अधिकारीहरूले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखि नै बन्द हुँदैआएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
त्यसैगरी, राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरूको भनाइ छ । बुधबारदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शङ्कास्पद विद्यार्थीहरूलाई भने कलेजमै फिर्ता गरिएको छ ।

बेइजिङका सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया

एजेन्सी - अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी.. ...

काठमाडौँ - कोरोना भाईरस  महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि .. ...

काठमाडौँ - सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण निर्धारित समयमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...