२०८१ वैशाख ८ गते | 20th of April 2024

लिपुलेक, लिम्पियाधुरा र  कालापानी समाबेश गरिएको नेपालको नक्सा राष्ट्रपतिबाट प्रमाणीकरण

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ४ गते १५:३१

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गर्नुभएको छ ।नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति जारी जानकारी दिनुभएको हो ।

सो विधेयक प्रतिनिधिसभाबाट गत जेठ ३१ गते र राष्ट्रियसभाबाट आज दुई तिहाइ बहुमतबाट पारित भएको थियो । दोस्रो दोस्रो संशोधनमा नेपालको नक्सामा  लिपुलेक , लिम्पियाधुरा र  कालापानी  समाबेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *