२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा शनिबार थप ३३१ जना सङ्क्रमित, सङ्क्रमितको संख्या ८  हजार ६०५  पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असार ६ गते १३:३७

काठमाडौँ  –  नेपालमा  शनिबार थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८  हजार ६०५  पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

शुक्रबार थप  १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् । रेड जाेनमा ५०६ जना पुगेकाे छ । आज तीन जना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमूनाको पीसीआर टेस्टमा काेराेना पुष्टि भएको हाे ।काठमाडाैँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिलालाई पनि कोरोना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *